gulminews logo
शनिबार, २०८१ बैशाख ८

गुल्मीमा सर्वाधिक पुरस्कार राशीको भलिबल प्रतियोगिता हुँदै, बिजेतालाई १ लाख ५० हजार रुपैँया

सागर भण्डारी
गुल्मी, माघ २ । गुल्मीको मुसिकोट नगरपालिका वडा नं ७ वामीटक्सारमा जिल्लामा अहिलेसम्मकै सर्वाधिक राशी पुरस्कार सहितको राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

गुल्मी मुसिकोट उद्योग वाणिज्य सघंले आयोजना गर्न लागेको प्रथम मुसिकोट महोत्सवको अवसरमा खुल्ला पुरुष भलिबल प्रतियोगिता सञ्चालन गर्न लागिएको सघंका अध्यक्ष सुदर्शन शाक्यले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेता टिमलाई १ लाख ५१ हजार रुपैयाँ नगद पुरस्कारका साथै ट्रफि र प्रमाणपत्र प्रदान गरिने उहाँले बताउनुभयो । प्रथम मुसिकोट महोत्सवको अवसर पारेर जिल्लामै अहिलेसम्मको सर्वा्धिक पुरस्कार राशीको खुल्ला राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको महोत्सव प्रचार प्रसार समिति सयोंजक ज्ञानहरी सापकोटाले बताउनुभयो । प्रतियोगिताका उपविजेतालाई १ लाख १ हजार कप मेडल र प्रमाणपत्र पुरस्कार पाउने पनि उहाँले बताउनुभयो ।

प्रतियोगिता आउँदो माघ १५ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने प्रथम गुल्मी मुसिकोट पर्यटन साँस्कृतिक औद्योगिक एवं व्यापार महोत्सवको अवसरमा हुने बताईएको छ । खुल्ला प्रतियोगीता भएकाले खेलमा जुनसुकै स्थानका पुरुष खेलाडीले सहभागी हुन पाउने उहाँले जानकारी दिनुभयो । प्रतियोगितामा भाग लिन इच्छुक खेलाडी समूहले माघ १५ गतेसम्म टिम दर्ताको आवेदन खुल्ला राखिएको छ ।

यो पनि पढ्नुस्

गुल्मीमा सम्पन्न तेस्रो पटकको पुलचोक कपको उपाधि पनि आफ्नो पोल्टामा पार्दै सिद्धबाबाको ह्याट्रिक

टोपलाल अर्यालगुल्मी, १४ साउन । गुल्मीको तम्घासमा संचालन भएको तेस्रो पुलचोक कप फुटवलको उपाधि सिद्धबाबा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D