gulminews logo
मंगलवार, २०८० चैत्र ६

गुल्मीमा जन्मेका थापालाई भारतको प्रतिष्ठित “मोहन बगान रत्न” सम्मान

गुल्मीन्युज
काठमाडौं, १० जुलाई । गुल्मी जिल्लाको भार्सेमा जन्मेर भारतमा भारतीमा फूटबल करियर बनाएका चर्चित पूर्व फुटबलर श्याम थापालाई मोहन बगान क्लबको सर्वोच्च सम्मान मोहन बगान रत्नको निम्ति चयन गरिएको छ ।

ब्याकभली किंग समेत भनेर चिनिने थापालाई बिहीवार क्लबले यो बर्षको मोहन बगान रत्नको निम्ति चयन गरेको हो । आगामी जुलाई २९ तारिखका दिन मोहन बगान क्लबले आफ्नो स्थापना दिवसको अवसर पारेर सो अवार्ड थापालाई हस्तान्तरण गर्न लागेको टाइम्स अफ इण्डियाले खबर छापेको छ ।

आफ्नो विख्यात ब्याक भलीले गर्दा चिनिने श्याम थापाले सन् १९६०-१९७० को दशकमा ईष्ट बेंगलबाट असाधारण प्रदर्शन गरेका थिए । त्यसपछि चीरप्रतिद्वन्द्वी मोहन बगानले १९७७ मा उनलाई त्यस समयको रेकर्ड ५० हजार रुपियाँमा आफ्नो क्लबमा अनुबन्धमा हासिल गरेको थियो । त्यस सत्रमा टीमले आईएफए शील्ड, रोवर्स कप र डूरण्ड कपक जीत्दै ह्याट्रिक गरेको थियो ।

सात सीजनसम्म मोहन बगानबाट खेलेका थापा १९८२मा टिमाको कप्तान बनेका थिए । थापाले १९७७ मा पेलेको उपस्थिति भएको न्यूयोर्क कसमस विरुद्ध खेल्दै मोहन बगानबाट गोल समेत गरेका थिए ।

ईस्ट बंगाल, गोर्खा ब्रिगेड, मफतलाल मिल्स हुँदै थापा भारतमा मोहन बगानबाट फुटबल खेलेका थिए । सन् १९७० देखी ७७ सम्म भारतको राष्ट्रिय टिमबाट फुटबल खेलेका थापाले सन् २००६-०७ मा नेपाली रास्ट्रिय टोलीको कोचको जिम्मेवारी समेत सम्हालेका थिए ।

को हुन् श्याम थापा ?
हेर्नुस् यो लिंकमा

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D