gulminews logo
शनिबार, २०८१ बैशाख १५

किवीमय बन्दै भार्सेगाउँ, किवी किसान यम बहादुर भन्छन्: किवी मेरो पेन्सन हो

टोपलाल अर्याल
गुल्मी, २७ भदौ । सत्यवति गाउँपालिका ८ भार्सेका यम बहादुर थापा ५५ बर्षका भए । उनले सात बर्षदेखि किवीको व्यावासायीक उत्पादन गर्दै आएका छन् । थापाले पाँच रोपनीमा एक सय २० बोट किवी रोपेका छन् । घरमा पसल राखेका छन् । किवीले बारी ढाकिएको छ । थापा वडा सदस्य पनि भएकाले सामुदायीक काममा पनि सक्रिय छन् । उनले तीन बर्षबाटै किवी फल्ने भएकाले तीन-चार बर्ष नै भए बेच्न थालेका ।

गत बर्ष त्यति फलेन । तर पनि डेढ लाखको किवी बिक्री गरेको थापा बताउँछन् । उनी अहिले १५ क्विन्टल किवी बिक्री गर्ने योजना छन् । थापाका अनुसार एउटै बोटमा ६० देखि ७० किलो फल्छ । साढे दुई सयदेखि तीन सय रुपैयाँमा घरबाटै किवी बिक्री हुने भएकाले बजारको कुनै समस्या नभएको थापाले बताए ।

किवीको नर्सरीबाट झन राम्रो आम्दानी

यम बहादुर थापाले तीन बर्षदेखि किवीको नर्सरी सुरु गरेका छन् । नर्सरीबाट झन राम्रो आम्दानी थापाले गरेका छन् । उनले गत बर्ष डेढ लाखकका बिरुवा बेचे । बिरुवाको माग जिल्लासंगै बाग्लुङ्गमा छ । उनको नर्सरीमा अहिले दुई हजार पाँच सय किवीका बिरुवा छन् । प्रति बोट साढे तीन सयमा बिरुवा बिक्री गर्छन् । किवीका बिरुवा बिक्रीबाटै करिव नौ लाख आम्दानी हुने थापाले बताए । हेवार्डसंगै रेड किवीको बिरुवा थापाले उत्पादन गरिरहेका छन् । उनले आफ्नैमा उत्पादन भएको किवीको फलबाट नर्सरीमा बिरुवा उत्पादन गर्ने गरिएको बताए । पहिले किवीको बिरुवा खरिद गर्न झापा पुग्नु पथ्र्यो ।
५० हजारको खाद्यन्य नहुने बारीमा लाखौको किवी

यम बहादुर थापाले अहिले किवी रोपेको बारीमा पहिले गहुँ, मकै र भट्ट रोप्थे । लेक भएकाले बढिमा तीन जातका खेती बर्षमा हुन्थ्यो । त्यो माथि बाँदर, बँदेल र चराचुरुङ्गीबाट जोगाउन मुस्किल पथ्र्यो । बर्षमा सवैतिरबाट जोगिए ५० हजारको समेत खाद्यान्य उत्पादन हुन्थेन । तर, किवीबाट थापाले बर्षमा दशदेखि १५ लाख आम्दानी गर्छन् । सिजनमा आठ÷दश जनाले काम पाउँछन् । बाँदर र बँदेलको चिन्ता भएन । उनले बिस्तारै किवी बिस्तारको योजना पनि बनाएका छन् । ‘मैले सवै थोक त्यागेर किवी खेती गरेको छु । हावापानी हेरेर किवी रोपे पेन्सन हो,’उनले भने,‘सुरुको बर्ष लगानी गरेपछि बर्षौ उत्पादन दिन्छ ।’

गाउँभरी किवीको खेतीको लहर

सत्यवति गाउँपालिका ८ भार्सेमा किवीको लहर चलेको करिव एक दशक भए । अहिले लगभग सवैले किवी रोपेका छन् । त्यो बाहेक समुहमा पनि किवी रोपिएको छ । ठुलोपोखरी कृषी समुहमा ३० जना छन् । यो समुहले आठ बर्षदेखि किवी उत्पादन सुरु गरेको छ । ठुलोपोखरी कृषी समुहले दुई सय ७५ बोट किवी रोपेका छन् । समुहका सदस्य धन बहादुर काउचाका अनुसार सुरुमा बिरुवा, तारपोल खरिद गर्ने, खाडल खन्ने र बिरुवा रोप्ने गर्दा एक बोट बराबर पाँच हजार लगानी हुन्छ ।

समुहले बार्षिक ५० हजारमा जग्गा भाडामा लिएको छ । गत बर्ष समुहका एक जनाको भागमा एक सय ४१ किलो परेको काउचाले बताए । अहिले ३०÷३५ क्विन्टल उत्पादन हुने समुहले अनुमान गरेको छ । सुरुका बर्ष हुर्काउन, मल र पानीको व्यावस्थापनसंगै काँटछाँट गर्नुपर्छ । बर्षमा दुई पटक काँटछाँट गर्नुपर्ने काउचाले बताए ।

भार्सेकै अर्कुल किवी समुहले पनि एक सय बोट किवी रोपेको छ । समुहका सदस्य कुल बहादुर छन्तेलका अनुसार १५ जनाको समुहलेगत बर्ष सात क्विन्टल किवी बेचे । अहिले १२ देखि १५ क्विन्टल बिक्री गर्ने योजना रहेको छन्तेलले बताए । समुहले बर्षमा एक हजार दुई सय रुपैयाँमा जग्गा भाडामा लिएको छ । मकै भट्ट र कोदो भन्दा राम्रो आन्दानी किवीबाट प्राप्त भएको छ । उनले भार्से गाउँमा कम्तिमा १० बोट किवी अधिकांश घरले रोपेको बताए ।

यो पनि पढ्नुस्

गुल्मीमा जन्मेका इन्स्पेक्टर सञ्जय प्रदेश १ को उत्कृष्ट प्रहरीका रूपमा सम्मानित

गुल्मी, कार्तिक १५ । नेपाल प्रहरी प्रदेश कार्यालय, धरानमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) सञ्जय बुचा

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D