gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

गुल्मीमा सम्पन्न तेस्रो पटकको पुलचोक कपको उपाधि पनि आफ्नो पोल्टामा पार्दै सिद्धबाबाको ह्याट्रिक

टोपलाल अर्याल
गुल्मी, १४ साउन । गुल्मीको तम्घासमा संचालन भएको तेस्रो पुलचोक कप फुटवलको उपाधि सिद्धबाबा माविले प्राप्त गरेको छ । सिद्धबाबाले लगातार तीन पटक उपाधि प्राप्त गरेको हो । सिद्धबाबा माविले पालुखा माविलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

सदरमुकाम बाहिरबाट पहिलो पटक सहभागी पालुखा मावि उपबिजेता बनेको छ । सिद्धबाबा मावि र आर्दश बिद्या आश्रम तथा पालुखा मावि र रिर्डश पब्लिक हाइस्कुलबिच भएको सेमिफाइनल खेलमा सिद्धबाबा र पालुखा मावि फाइनलमा प्रवेश गरेको क्लवका महासचिव प्रकाश मरासिनीले जानकारी दिए ।

प्रतियोगीतामा सर्वाधिक गोल स्कोरर सिद्धबाबा माविकी बन्दना गाहा, बेस्ट गोलकिपर सिद्धबाबा माविकै समिक्षा रेश्मी, सोहि बिदालयकै जया कुवंर बेस्ट डिफेन्डर भएको मरासिनीले बताए । बेस्ट प्लेयर पालुखा माविकी पुजा ठकुरी, इमर्जिङ्ग प्लेयर आर्दश बिद्या आश्रमकी एन्सिला थापा र फेयर प्ले अवार्ड ब्रिलियण्ट एकेडेमीले प्राप्त गरेको छ ।

प्रतियोगीतामा बिजेताले २५ हजार शिल्ड, मेडल र प्रमाणपत्र तथा उपबिजेताले नगद १५ हजार सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको क्लवका उपाध्यक्ष सन्तोष न्यौपानले जानकारी दिए । ११ साउनदेखि १४ गते सम्म संचालन भएको खुल्ला विद्यालय स्तरिय छात्रा फुटवल प्रतियोगितामा १० विद्यालयका खेलाडी सहभागी थिए ।

क्लवका अध्यक्ष मनोज पाण्डेयले खेल क्षेत्रमा महिलाहरुमा उत्साह र उपस्थिती बढाउन प्रतियोगीतालाई निरन्तरता दिइएको बताए । उनले आगामी दिनमा जिल्लाका अरु धेरै बिद्यालय सहभागी गराएर प्रतियोगीता गरिने पाण्डेयले बताए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D