gulminews logo
शनिबार, २०८१ बैशाख १५

विद्यालयको पठनपाठन राम्रो नभएको भन्दै ध्यानाकर्षण पत्र

विवश विष्ट
गुल्मी २० पुस । गुल्मीको मदाने गाउँपालिका वडा ४ स्थित मेहेलपोखरी माविमा पठनपाठन प्रभावकारी नभएको भन्दै ध्यानाकर्षण पत्र बुझाइएको छ । विद्यालयको प्राज्ञिक तथा व्यवस्थापनको कमजोरीका कारण एसईई परीक्षामा कुनै पनि विद्यार्थी उत्तीर्ण नहुँदा विद्यालयका विद्यार्थीहरुको शैक्षिक भबिस्य अन्धकार भएको भन्दै बुधबार स्थानिय शिक्षाप्रेमीहरुले ध्यानाकर्षण गराएका छन ।

ध्यानाकर्षण पत्रमा विभिन्न प्रश्नहरुको जवाफ १५ दिनभित्र दिन विद्यालयका प्रधानाध्यापकलाई भनिएको छ । जसमा शैक्षिक वातावरण, शैक्षिक सामाग्री, सेवा सुविधा, तालिम प्राप्त शिक्षक उपलब्ध हुँदाहुँदै पनि एसईई परीक्षामा असफल हुनुको कारण हो ? विद्यार्थीको पढाइ अनुशासन कस्तो छ ? यसको जानकारी पाउने अधिकार सम्पूर्ण अभिभावकलाई हुन्छ भन्दै जवाफ गरिएको छ ।

यस्तै अधिक विद्यार्थी कमजोर छन् भनी अभिभावकलाइ समयमै जानकारी किन दिइएन ? कमजोर विद्यार्थीको शैक्षिक स्थल माथि उठाउने अन्य विकल्प किन सोचिएन ? एसईईको नतिजा शून्य भएपछि अन्य तहमा पनि शिक्षाको गुणस्तर खस्किँदै छैन भन्ने आधार के छ ? जस्ता जवाफ ध्यानाकर्षण पत्रमा छ ।

यस्तै राजनीतिक पूर्वाग्रह साँधेर नयाँ विद्यालय व्यवस्थापन समिति विगत एक वर्षदेखि गठन हुन नसक्नुको कारण के हो ? अभिभाबक भेला गरी सक्षम व्यक्तिलाई विद्यालय व्यवस्थापन समितिको जिम्मा दिन किन सकिएको छैन ? कम्प्युटर ,कम्प्युटर कक्षा प्रविधिमैत्री शिक्षा र यससँग सम्बन्धित वित्तिय विवरण पारदर्शी गर्न माग गरिएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D