gulminews logo
मंगलवार, २०८० चैत्र ६

खेलकुद विकास समितिका पदाधिकारीहरुद्धारा पदभार ग्रहण

हुमाकान्त पोखरेल

गुल्मी, ०२ साउन । जिल्ला खेलकुद विकास समिति गुल्मीका पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । सोमबार एक कार्यक्रमका बीच कार्यालयमा नवनियुक्त पदाधिकारीहरुले पदभार ग्रहण गरेका हुन् । नवनियुक्त अध्यक्ष गिरीप्रसाद महाकिमलाई निवर्तमान अध्यक्ष मनोज काउछाले पदभार ग्रहण गराएका थिए । नवनियुक्त अध्यक्ष महाकिमले समितिका अन्य पदाधिकारी सहित सदस्यहरुलाई नियुक्ती पत्र प्रदान गरेका थिए ।

लुम्बिनी प्रदेश सरकारले गत असार १९ गते गिरी प्रसाद महाकिमको नेतृत्वमा नयाँ समिति गठन गरेको थियो । जसअनुसार उपाध्यक्षमा नारायण जिसी, कोषाध्यक्षमा सुरेश श्रेष्ठ एवम् सदस्यहरुमा सन्तोष शाक्य, कर्ण थापा, सागर सोमै, अमर पल्ली, कमला बलामी र सीता श्रीस रहेका छन् । लुम्बिनी प्रदेश खेलकुद विकास ऐन, २०७६ को दफा १३ उपदफा (१) तथा प्रदेश खेलकुद नियमावली, २०७८ को नियम १० को उपनियम (१) अनुसार प्रदेश सरकारले समितिका पदाधिकारीहरुको परिवर्तन गरेको हो । कार्यक्रममा बोल्दै अध्यक्ष महाकिमले खेल क्षेत्रको विकासका लागि सबै मिलेर लाग्नुपर्ने बताए । आफुले निवर्तमान अध्यक्ष, पूर्व अध्यक्ष लगायत सबै सरोकारपक्षको सुझाव लिएर मात्र काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

त्यस्तै प्रमुख अतिथि खेलकुद विकास समितिका प्रदेश सदस्य भरत थापाले नवगठित समितिले खेल क्षेत्रको विकासका लागि रचनात्मक काम गर्नुपर्नेमा जोड दिए । निवर्तमान अध्यक्ष मनोज काउछाले ११ महिनामा राम्रोसँग काम गर्न नपाएको भन्दै नवगठित समितिको सफल कार्यकालको शुभकामना व्यक्त गरे । स्वागत मन्तव्य राख्दै निवर्तमान कोषाध्यक्ष महेश काउछाले गठबन्धन सरकारको निर्माणपछि आफुहरु समितिबाट हट्नुपरेको गुनासो गरे ।

कार्यालय प्रमुख डिल्ली विश्वकर्माले पछिल्लो समय सम्पन्न भएको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता लगायत कार्यालयले गरेका कामहरुको बारेमा जानकारी गराएका थिए । सिमित बजेट र निश्चित समयका बाबजुत पनि राष्ट्रपति रनिङ्ग शिल्ड सम्पन्न गर्न सहयोग गर्ने सबैलाई प्रमुख विश्वकर्माले धन्यवाद् दिएका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D