gulminews logo
शनिबार, २०८१ बैशाख १५

रातचौरका विद्यार्थीलाई न्यानो कपडा वितरण

अनिल खत्री
२२ पुस, गुल्मी । गुल्मी जिल्लामा राधा माधव समिति अन्र्तगत डिभाइन युथ क्लवद्धारा बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका छन् । जिल्लाको इस्मा गाउँपालिका वडानम्बर–१ गुर्वा स्थित रातचौर प्राथमिक विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण गरिएको हो ।

विद्यालयमा पढने १७ जना असाय अशक्त विद्यार्थीहरुलाई स्कुल झोला, सुइटर, टोपी वितरण गरिएको थियो । न्यानो कपडा बितरणका लागि राखिएको कार्यक्रममा इस्मा गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्का र राधा माधव समितिका संयोजक महाशर्मा भण्डारीले विद्यार्थीहरुलाई न्याने कपडा वितरण गरेका हुन् ।

कपडा वितरण गर्दै अध्यक्ष खड्काले स–साना विद्यार्थीहरुको लागि चिसो बढि रहेको बेला यसरी सहयोग गरेकोमा धन्यवाद समेत दिए । विद्यार्थीहरुको लागि गरिएको सहयोगले पढाइमा मनोवल र चिसोमा सहजता पूर्वक विद्यालयमा पढन आउन जान मद्दत पुग्ने बताए ।

राधा मावध समिति सदस्यहरुले आफूसंग रहेको थोरै थोरै खर्च बचाएर समय अनुकुल चिसो मौसममा न्यानो कपडा सहयोग गरेर विद्यार्थी बालबालिकाहरुको भविष्य निर्माण गर्न सहयोग गरेको भन्दै प्रशंसा गरे । उनले विद्यार्थीहरुको लागि गरिएको सामाजिक कार्यले समाजमा धार्मिक क्षेत्रबाट पनि केहि गर्न सकिन्छ भन्ने उदाहरण भएको बताए ।

विद्यालयमा रहेका गरिब, दलित, जनजाति बिद्यार्थीले मात्रै स्कुल झोला, सुइटर, टोपी वितरण गरिएको थियो । आर्थिक अबस्था कम्जोर भएकै कारण बिद्यालयमा आउदा एकसरो कपडा समेत लगाउन उनिहरुलाई समस्या पर्दै आएको थियो ।

चिसो बढदै गएसँगै असाय अशक्त विद्यार्थीहरु न्यानो कपडा वितरण गरेको डिभाइन युथ क्लवले जनाएको छ । डिभाइन युथ क्लवमा रहेका पदाधिकारीहरुले आफुले खाजा खाने रकमबाट बचाएर समाजमा केही गर्नु पर्छ भन्ने उदेश्यले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको राधा माधव समितिका सचिब ताराप्रसाद भुसालले बताए ।

चिसो पढेसँगै असाय अशक्त विद्यार्थीहरुलाई सहयोग गरेर विद्यार्थीको पढाईमा सहजता ल्याउन न्यानो कपडा वितरण गर्दै आएको भुसालले बताए । डिभाइन युथ क्लवले जिल्लामा बिभिन्न समयमा सामाजिक कार्य अन्र्तगत बिद्यार्थीहरुलाई शैक्षीक सामाग्री वितरण गर्दै आएका छन् ।

क्वलद्धारा बिभिन्न समयमा जिल्लाका मठमन्दिरसँगै अर्खले, सिमीचौर, दुबीचौर, इस्मा, दरबारदेबिस्थामा रहेको बिद्यालयमा पुगेर असाय अशक्त विद्यार्थीलाई न्यानो कपडासँगै शैक्षिक सामाग्री वितरण गर्दै आएका छन् । न्यानो कपडा वितरण कार्यक्रममा इस्मा गाउँपालिका उपाध्यक्ष पार्वती कुँवर, वडानम्बर १ र २ का वडाअध्यक्ष शेरबहादुर कुँवर, लोकनाथ आचार्य, बिभिन्न विाद्यलयका शिक्षक, राधा माधव समिति र डिभाइन युथ क्लवका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D