gulminews logo
शनिबार, २०८१ बैशाख १५

मुसिकोटमा ४५ हजार रुपैँया पुरस्कार राशिको भलिबल प्रतियोगिता हुने

हुमाकान्त पोखरेल
गुल्मी, ३१ भदौ । गुल्मीको मुसिकोट नगरपालिकामा ४५ हजार राशिको भलिबल प्रतियोगिता हुने भएको छ । नगरपालिकाको वडा नम्बर ५ आँपचौरस्थित सित्तलनगर समाजसेवी युवा क्लवले दसैँ एवम् तिहारको अवसरमा खेलको आयोजना गरेको हो ।

खेल आगामी असौज २० देखि २४ गतेसम्म आँपचौरको सिमपोखरा खेलमैदानमा संचालन हुनेछ । प्रतियोगितामा जिल्ला भित्र एवम् बाहिरका खेलाडी सहभागि हुन सक्नेछन् । खेलमा प्रथम हुनेलाई ४५ हजार र द्धितिय हुनेलाई ३० हजार प्रदान गरिने क्लवका सचिव सुरज खरेलले जानकारी दिए । प्रतियोगितामा सेमिफाइनल पुग्ने दुई समुहलाई नगद १०÷१० का दरले प्रदान गर्ने पनि क्लवले निर्णय गरेको छ ।

क्लवले संस्कृति जगेर्नाका लागि लोकनृत्य प्रतियोगिताको पनि आयोजना गरेको छ । एकल वा सामुहीक नृत्य प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेलाई क्रमश: १५ हजार, १० हजार र पाँच हजार उपलब्ध गराइने सचिव खरेलले जानकारी दिए । भलिबल खेलमा प्रथम र द्धितिय हुनेलाई कप, मेडल र प्रमाण–पत्र एवम् लोकनृत्य प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेलाई प्रमाण–पत्रको पनि व्यवस्था गरिएको क्लवका सचिव खरेलले जानकारी दिए ।

क्लवले प्रतियोगितामा विधागत पुरस्कार पनि राखेको छ । जसअन्तरगत उत्कृष्ट खेलाडीको लागि दुई हजार पाँच सय, उत्कृष्ट टिम कोचको लागि तीन हजार, अनुशासन समुहको लागि तीन हजार पाँच सय, उत्कृष्ट स्पाइकर, लिब्रो, ब्लकर र सेटरको लागि एक हजार पाँच सयका दरले उपलब्ध गराइने खरेलले बताए । कार्यक्रममा विभिन्न राष्ट्रिय एवम् स्थानीय कलाकारहरुको पनि प्रस्तुती रहने क्लवले जनाएको छ । वि.सं. २०६८ सालमा स्थापना भएको क्लवले सामाजिक क्षेत्रमा अन्य गतिविधि समेत गर्दै आइरहेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D