gulminews logo
शनिबार, २०८१ बैशाख १५

क्याम्पसलाई रेसुङ्गा नगरपालिकाको ५० लाख सहयोग

अनिल खत्री
१८ पुस, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा बहुमुखी क्याम्पसलाई रेसुङ्गा नगरपालिकाले ५० लाख आर्थिक सहयोग गरेको छ । जिल्लाको शैक्षिक धरोहर भनिएको रेसुङ्गा बहुमुखी क्याम्पसलाई आर्थिक संकट भएपछि रेसुङ्गा नगरपालिकाले एक करोड सहयोग गर्ने जनाएको थियो । सोहि रकम अनुसार क्याम्पसलाई प्रथक किस्ता स्वरुप ५० लाख रकम दिएको हो । बाँकी ५० लाख केहि समय पछि दिइने रेसुङ्गा नगरपालिकाले जनाएको छ ।

क्याम्पसलाई सोमबार रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले क्याम्पस सञ्चालन समितिका अध्यक्ष श्रीप्रसाद भलामीलाई ५० लाखकको चेक हस्तातरण गरेका हुन् । संकटकाल घोषणा गरेको क्याम्पसलाई रेसुङ्गा नगरपालिकाले गत साउनमा एक करोड दिने घोषणा गरेको थियो । घोषणा गरेको उक्त रकम मध्ये आदा रकम नगरपालिकाले सोमबार मात्रै हस्तातरण गरेको हो । आर्थिक संकटकाल घोषणा गरेको क्याम्पसलाई क्याम्पसलाई पुरानै लयमा फर्काउने उदेश्यले रेसुङ्गा नगरपालिकाले नगर सहयोग गरेको नगरप्रमुख खिलध्वज पन्थीले बताए ।

गुल्मीको भाग्य र भबिष्यसँग जोडिएको क्याम्पसमा आर्थिक दायित्व बढेकोले आर्थिक सहयोग गर्ने निर्णय गरेको बताए । रेसुङ्गा बहुमुखी क्याम्पसले आर्थिक संकट भएपछि संचालक समितिले आर्थिक संकटकाल घोषणा गरेको थियो । नगरले उपलब्ध गराउने सहयोग स्वेच्छिक अवकाश प्राप्त प्राध्यापक कर्मचारीलाई उपदान बापत उपलब्ध गराइने क्याम्पसल सञ्चालक समितिका अध्यक्ष श्रीप्रसाद भलामीले बताए । गत २०७९ असारसम्म तलब भत्ता बापत मासिक करिब २२ लाख रुपैया भुक्तानी गर्दै आएको क्याम्पस कार्तिकसम्म आई पुग्दा क्याम्पसको सञ्चालन खर्च करिब १३ लाखमा झार्न सफल भएको भलामीले बताए ।

क्याम्पसमा हाल ८ सय जना बढी विद्यार्थी रहेका छन् । क्याम्पसले समयानुकूल बजारमा बिक्ने बिषयहरु थप गरि बिद्यार्थी संख्या वृद्धि गर्ने निरन्तर प्रयासमा रहेको भलामीले बताए । कोभिड–१९ महामारीका कारण शैक्षिक सत्र लम्बिएको, विद्यार्थी संख्या कम भएको लगायतका कारण आर्थिक संकटमा परेको हो । आर्थिक संकटकाल घोषणा गरेको गुल्मी जिल्लाको रेसुङ्गा बहुमुखी क्याम्पसले आर्थिक भार घटाउने उदेश्यले ९ जना प्राध्यापक र कर्मचारीलाई अनिवार्य अवकास दिएको छ ।

याम्पस सञ्चालन समितिको बैठकले ७ जना प्राध्यापक र २ जना कर्मचारीलाई अनिवार्य अवकास दिएको हो । आर्थिक अभावले क्याम्पस सञ्चालन गर्न कठिनाइ भएको भन्दै साउन ३० गते संचालक समितिले आर्थिक संकटकालको निर्णयको थियो । क्याम्पसले गत वर्षको पुस महिनादेखि हालसम्म प्राध्यापक कर्मचारीलाई डेढ करोड कढि रकम दिन बाँकी रहेको छ । क्याम्पसलाई मासिक रुपमा झण्डै ८ लाख रुपैयाँ ऋण बढ्दै गएपछि आर्थिक संकटकाल घोषणा गरि प्राध्यापक र कर्मचारी कटौती गर्ने निर्णयमा पुगेको संचालक समिति अध्यक्ष श्रीप्रसाद भलामीले बताए ।

क्याम्पसमा अहिले विद्यार्थीबाट वार्षिक रुपमा हुने आम्दानी भन्दा प्राध्यापक र कर्मचारीको तलबमा मात्र झण्डै दोब्बर खर्च हुने गरेको छ । २०३९ सालमा स्थापना भएको क्याम्पसले विगत ४० वर्षदेखि उच्च शिक्षा प्रदान गर्दै आएको छ । तर क्याम्पसमा आर्थिक संकट घोषणा भएलगत्तै पछिल्लो समय चारैतिर आलोचना भइरहेको छ । क्याम्पसको नियमित आम्दानी रोकिएसंगै ग्रामिण भेगमा क्याम्पसहरु संचालनमा आएपछि एकातिर आर्थिक संकटको अवस्था आएको छ भने विगतको तुलनामा विद्यार्थीको संख्या घट्दो छ । हाल क्याम्पसमा ४१ जना प्राध्यापक कर्मचारी रहेका थिए । ७ वटा सुबिधा सम्पन्न भवन रहेको रेसुङ्गा बहुमुखी क्याम्पसको ६५ रोपनी जग्गा रहेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D