हुमाकान्त पोखरेल
गुल्मी, ३१ भदौ । गुल्मीमा ५० हजार राशिको फुटबल प्रतियोगिता हुने भएको छ । जिल्ला सदरमुकाम तम्घासस्थित चिदिचौरमा असौज ३ गतेबाट प्रतियोगिता सुरु हुँदै छ । अन टेष्ट युवा क्लव रेसुङ्गा नगरपालिकाले खुल्ला पुरुष फुटबल प्रतियोगिताको आयोजना गरेको हो ।
जसमा तिद्धिय पुरस्कार ३० हजार, तृतिय पुरस्कार १० हजार र सान्त्वना पुरस्कार पाचँ हजार राखिएको छ । भने विभिन्न विधामा उत्कृष्ठ हुने खेलाडीहरुलाई ३० हजार बराबरको पुरस्कार प्रदान गरिने क्लवका कोषाध्यक्ष दिनेश पाण्डेयले जानकारी दिए ।
तयारी तिब्र
प्रतियोगिता संचालन गर्ने भएपछि क्लवले तयारी अन्तिम चरणमा पु¥र्याएको छ । क्लवले चिदिचौरको सरसफाई गर्नुका साथै मैदान वरीपरि तारबार पनि गरेको छ । त्यस्तै क्लवकै खर्चमा चिदिचौरको प्याराफिटमा समेत रङ्गरोहन गरिएको क्लवका सचिव दिपक कुँवरले जानकारी दिए ।
खेलका लागि क्लवले स्वयम्सेवक छनोट, खेलकुद सामाग्री, पुरस्कार लगायतका सबै सामाग्री जुटाइसकेको कुवँरले जानकारी दिए । त्यस्तै विभिन्न सरकारी तथा गैर सरकारी संघ सँस्था, राजनीतिक दल, फुटबल क्लव, सञ्चारमाध्यम, समाजेवी तथा बुद्धिजिवीहरुलाई कार्यक्रममा उपस्थ्तििको लागि पत्राचार समेत गरिसकिएको आयोजकले जनाएको छ ।
जिल्लामै धेरै राशिको खेल
अन टेष्ट युवा क्लवले २०७१ सालमा इतिहासमै पहिलो पटक जिल्लामा सबैभन्दा धेरै राशिको प्रतियोगिता सम्पन्न गरेको थियो । उसले प्रथम पुरस्कार ७० हजार राशिको राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता जिल्लामै सम्पन्न गरेको हो ।
वि.सं. २०६६ सालमा स्थापना भएको क्लवले विभिन्न सामाजिक कार्यमा अग्रसता देखाएको छ । क्वले रेसुङ्गा नगरपालिका ८ मा सार्वजनिक शौचालय निर्माण, पश्चिम नेपाल बस ब्यवसायी संघ शाखा कार्यालय तम्घासको काउन्टर ब्यवस्थापन तथा मर्मत गरेको छ ।
त्यस्तै २०७३ को बैशाखमा बडागाउँको दजाकोटमा भिषण आगलागि हुँदा क्लवले ५० हजार बराबरको राहत सामाग्री वितरण गरेको क्वलका अध्यक्ष गोविन्द पाण्डेले बताए । बार्षिक रुपमा मनाइने लाखे जात्रा, गाईजाा र रोपाईजात्रा तथा देउसीँ भैलो कार्यक्रमको आयोजना गर्दै आएको र त्यसबाट संकलित रकम सामाजिक कार्यमा खर्चदै आएको क्लवले जनाएको छ ।