gulminews logo
मंगलवार, २०८१ बैशाख २५

मुसिकोटको फेँदी रुपाकोटमा जारी क्रिकेट प्रतियोगिताको फाइनलमा, अरु कोको छन् उपाधी दौडमा?

गुल्मी, पौष १३ । Rise Education Cricket Cup 2020 अन्तर्गत पौष १२ गते भएको पहिलो क्वाटर फाइनलमा मुसिकोट फेँदी तथा दोस्रो क्वाटर फाइनलमा रुपाकोट B ले बाजी मारेका छन् भने त्यस लगत्तै भएको सेमिफाइनलमा फेँदीले रुपाकोट C लाई जित्दै फाइनल प्रवेश गरेकोछ ।

पहिलो खेलमा टाहटीम क्लब र फेँदी क्लब भिडेका थिए । टस जितेर पहिले ब्याटिङ रोजेको फेँदीले निर्धारित १२ ओभरमा ११० रन बनाएको थियो। फेँदीको लागि म्यान अफ द म्याच तेजेन्द्र घर्तीले अविजित ४९ तथा दीपक कुँवरले २० रन बनाएका थिए । उत्कृष्ट लयमा देखिएको फेँदी क्लब ब्याटिङ, बलिङ र फिल्डिङ सबै कुरामा ब्यालेन्स देखिन्थ्यो ।

जवाफमा ब्याटिङ गर्न आएको टाहटिमको लागि निरज र कमलले क्रमशः १८ र १४ रन बनाए पनि कुनै ठुलो साझेदारी बन्न सकेन र खेलमा ४७ रनको हार बेहोर्‍यो । अलराउन्ड प्रदर्शन गरेका तेजेन्द्र घर्तीले ३ ओभरमा १ मेडन राख्दै ६ रन दिएर २ विकेट लिएका थिए।

दोस्रो क्वाटर फाइनल केहि बिवादित हुँदा खेल ढिलो मात्र शुरु भयो । शुरुमा दर्ता गरिएका १५ जना खेलाडी भन्दा बाहिरबाट खेलाडी खेलाउन लागिएको देखिएपछि केहि क्षण विवादित भएको थियो । तर अन्त्यमा विवाद मिल्यो र खेल सन्चालन भयो । टस जितेर पहिले ब्याटिङ गरेको अश्लेवाले १२ ओभरमा ८ विकेट गुमाएर ४६ रन मात्र बनायो । शाहघाटका विरुद्व प्रतियोगिताकै पहिलो शतक प्रहार गरेका रमेश पान्डेयलाई सस्तैमा गुमाएको अश्लेवा पुरै खेलमा दवाबमा रह्यो ।

रुपाकोटका म्यान अफ द म्याच बिष्णु कटरियाले ३ ओभरमा १२ रन मात्र दिएर ३ विकेट लिएका थिए । ४७ रनको झिनो लक्ष्य रुपाकोटले ४ ओभरमा भेट्दै १० विकेटको जित हासिल गर्‍यो । मनिश क्षेत्रीले ११ बलमा १६ तथा सन्दीप थापाले १२ बलमा २० रन जोड्दै लक्ष्य भेट्याएका थिए। त्यसैगरी पहिलो सेमिफाइनलमा रुपाकोट C र फेँदी बीच भएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको रुपाकोट C ले निर्धारित १२ ओभरमा बिबेक भन्डारीको ५१ रनको मद्दतमा ६ विकेटको क्षतिमा ७७ रनको लक्ष्य पस्केको थियो।

जवाफमा ब्याटिङ गर्न आएको फेँदीलाई रुपाकोटका बलरले निरन्तर दवाबमा राखेका थिए। पहिलो ओभर लिएर आएका प्रज्वल भन्डारीले मेडन राख्दै १ विकेट चट्काएका थिए।

तेजेन्द्र घर्तीलाई सस्तैमा गुमाएको फेँदी क्लब खेलमा तनावमा आएको थियो। अर्जुन पौडेलले बिजय बिकलाई रन आउट गरेको अपिल गरेपछि एम्पाएरले आउटको इशारा गरेका थिए तर खेलाडीले स्विकार गरेनन् र खेलमा विवाद भयो । अन्य खेलाडी मैदान प्रवेश गरे र करिब १० मिनेटको छलफल पछि बल डेड घोषणा गरियो र खेल सन्चालन भयो ।

६ विकेट गुमाइसकेको फेँदीको लागि सन्देश खड्काले ११ बलमा २२ रन हान्दै ११.१ ओभरमा म्याच जित्यो र फाइनल प्रवेश गर्‍यो ।

सोमबार बिहान ८ बजे हुने दोस्रो सेमिफाइनलमा रुपाकोट B ले लिम्घासंग भिड्नेछ भने विजेता टोलीले फाइनलमा फेँदी क्लब, मुसिकोटको सामना गर्नेछ भने हार्ने टीमले तेस्रो स्थानको लागि रुपाकोट C संग प्रतिस्पर्धा गर्नेछ ।

यो पनि पढ्नुस्

गुल्मीमा सम्पन्न तेस्रो पटकको पुलचोक कपको उपाधि पनि आफ्नो पोल्टामा पार्दै सिद्धबाबाको ह्याट्रिक

टोपलाल अर्यालगुल्मी, १४ साउन । गुल्मीको तम्घासमा संचालन भएको तेस्रो पुलचोक कप फुटवलको उपाधि सिद्धबाबा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D