gulminews logo
बिहीबार, २०८१ बैशाख १३

सोलार प्रविधिले खोलाको पानी गाउँमा

३० पुस, गुल्मी । खोला किनारमा रहेको मुहानको पानी सोलार प्रविधिले डाँडोमा रहेको गाउँबस्तीमै पुर्याइदिएपछि गुल्मीको जिमी र नरम गाउँका स्थानीयलाई सुविधा पुगेको छ ।

गाउँमा पुगेको खानेपानी सुविधासँगै स्थानीयले तरकारी खेतीमा सिँचाइ गरेर आम्दानी गर्न शुरु गरेका छन् ।

नजिकमा मुहानको अभावका कारण वर्षौंदेखि खानेपानीको समस्या भोग्दै आएका गुल्मी दरबार गाउँपालिका– ४ वीरबासको जिमी र छत्रकोट गाउँपालिका– ३ हर्दिनेटाको नरम गाउँका १६३ बढी घर परिवारलाई घरघरमै पानी पुगेको हो ।

रिन्युएबल वर्डको आर्थिक एवं आइडिइ र सप्रोस नेपालको प्राविधिक सहयोग एवं नवप्रभात युवा संघको सामाजिक परिचालनमा गाउँमै खानेपानी पुर्याइएको हो । गाउँमा पुगेको खानेपानीलाई स्थानीयले मिटर प्रविधि जडान गरेर घरघरमै धारा निर्माण गरी वितरण गरेका छन् ।

नजिक मुहान नभएकै कारण गाउँलेलाई घरघरमै मिटर जडान गरेर खानेपानीको सुविधा लिने र सिँचाइ गरेर तरकारीसमेत उत्पादन गर्ने कल्पनासम्म नभएको वीरबासको जिमीकी माया रेश्मीले बताइन् । ‘यसरी घरघरमै पानीको धारा आउला भन्ने त हामीलाई कुनै कल्पना पनि थिएन’, उनले भनिन्, ‘अहिले घरमै पानी आएपछि घरको सरसफाइदेखि स्कुल जाने केटाकेटीलाई समेत निकै सजिलो भएको छ ।’

यसअघि गाउँलेलाई एक गाग्री खानेपानी लिनकै लागि डेढ घण्टा टाढा पुग्नुपर्ने बाध्यता हटेको रेश्मीले बताइन् ।

वीरबासको बाहुन खोलाको पानी सोलार प्रविधिबाट ६१ मिटर उचाइमा दैनिक १० हजार लिटर पम्पिङमार्फत जिमी गाउँका १४ घरधुरीमा र १६ हजार लिटर पानी जिमीकै ७१ घरधुरीमा सामुदायिक धारामार्फत वितरण गरिएको छ ।

त्यस्तै छत्रकोटको हर्दिनेटामा पनि चनौटी खोलाको पानी २०७ मिटर उचाइमा दैनिक ३० हजार ५३० लिटर पानी पम्पिङ ७८ घरधुरी र एक विद्यालयमा एक घर एक धारा प्रणालीमा ७८ घरधुरीमा वितरण गरिएको रिन्युएबल वर्डका क्षेत्रीय परियोजना अधिकृत गंगाप्रसाद आचार्यले बताए ।

योजना व्यवस्थापनका लागि उपभोक्ता आफैँले समिति गठन गरेर योजना मर्मतका लागि प्रतिघर रु एक हजार र पानी खपत गरेका आधारमा थप रकम संकलन गर्ने गरी संरक्षण र व्यवस्थापन गर्दै आएका छन् । गाउँमा पानी पुर्याउन स्थानीय वडा, गाउँपालिका, परियोजना, स्थानीय जनश्रमदानसहित दुवै योजनामा झण्डै रु ९२ लाख खर्च भएको स्थानीय नवप्रभात युवा संघले जनाएको छ । -रासस

यो पनि पढ्नुस्

रेसुङ्गा विमानस्थलको निर्माणको काम डेढ महिना भित्र सम्पन्न गर्ने लक्ष्य, ८० प्रतिशत काम सकियो

अनिल खत्रीगुल्मी, २९ मंसिर । गुल्मी जिल्लाको सिमीचौरमा रेसुङ्गा विमानस्थल निर्माणको कार्यले गति लिन थालेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D