gulminews logo
शनिबार, २०८१ बैशाख १५

रेसुङ्गा विमानस्थलको निर्माणको काम डेढ महिना भित्र सम्पन्न गर्ने लक्ष्य, ८० प्रतिशत काम सकियो

अनिल खत्री
गुल्मी, २९ मंसिर । गुल्मी जिल्लाको सिमीचौरमा रेसुङ्गा विमानस्थल निर्माणको कार्यले गति लिन थालेको छ । पछिल्लो समयमा बिमानस्थलका अन्तिम चरणका कामहरु टर्मिनल भवन र धावन मार्गको कामले तिब्रता पाएको छ । जसले गर्दा गुल्मेली जनताको जहाज चढने आशा फेरी एक पल्ट पलाएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–१० सिमीचौरमा निर्माणधिन रेसुङ्गा विमानस्थलका अन्तिम चरणका कामहरु अगाडी बढेका छन् ।

विमानस्थलको टर्मिनल भवन र धावन मार्ग निर्माणको काम अगाडी बढेको हो । विमानस्थलकोे अन्तिम चरणका काम मध्येका घेरावारको काम सम्पन्न भइसकेको छ भने धावन मार्ग र टर्मिनल भवनको काम पनि ८० प्रतिशत सम्पन्न भइसकेको रेसुङ्गा निमानस्थलका सहायक आयोजना प्रमुख दिनेश परियारले बताए । उनले अब केहि दिनमै विमानस्थलले अन्तिम रुप पाउने बताए । धावन मार्गको कालोपत्रे गर्ने निर्माण व्यवस्थायीले बिभिन्न कारण देखाएर निर्माण कार्यले गति लिन नसकेको विमानस्थलका अन्तिम चरण कामहरु तिब्र गतिमा हुन थालेका छन् ।

पुरानो निर्माण व्यवसायीले काम नगरेकाले नयाँ निर्माण कम्पनी मार्फत काम अगाडी बढाएकाले अब भने सम्पन्न हुने आशा पलाएको रेसुङ्गा नगरपालिका वडानम्बर–१० का वडाअध्यक्ष पदमप्रसाद अर्यालले बताए । धावन मार्ग कालोपत्रे गर्न सुरुमा मुख्य निर्माण व्यवसायीबाट काम लिएका व्यवसायीले काम नगरेकै कारण समयमै काम सम्पन्न हुन नसकेको अर्यालले बताए ।

विमानस्थल निर्माणका लागि बजेटको कमी नभएपनि निर्माण व्यवसायीकै ढिलासुस्तीले कामले गति लिन नसकेको उनले बताए । अब भने पछिल्लो एक हप्ताकै कामको गतिले धेरै आशा जगाएको अर्याललको भनाई छ । उनका अनुसार सबैक्षेत्रको चासो बढेकाले अब कुनैपनि हालतमा निर्माण कार्य ढिलो गर्न नहुनेमा जोड दिए । धावन मार्ग कालोपत्रे गर्न सम्पूर्ण सामाग्री तयारी अबस्थामा राखिएकाले बिचमा कुनै अबरोध नआए अबको डेढ महिना भित्र काम सम्पन्न गर्ने निर्माण व्यवसायी दिपक पाण्डेले बताए । निर्माणको जिम्मा लिएको एक हप्तामै आफुले धेरै काम अगाडी बढाएकाले अब केहि दिनमै काम पुरा गर्ने पाण्डेले बताए । उनका अनुसार कालोपत्रे गर्न चिसोले कुनै असर नगर्ने भएकाले कालोपत्रे गर्ने काम सम्पन्न हुने बताए । रेसुङ्गा विमानस्थलमा २०७५ साल जेठ २७ गते परिक्षण उडान पनि गरिएको थियो ।

परिक्षण उडान सफल भएपनि अन्य कामहरु निकै सुस्त गतिमा हुँदै आएका थिए । विमानस्थलको टर्मिनल भवन निर्माणको लागि २०७६ चैत ४ गते ४ करोड ५ लाखमा सम्झौता भई बिकोई श्रेष्ठ जेभीले काम गरिरहेको छ । निर्माणको काम अन्तिम चरणमा रहेको छ । त्यस्तै धावन मार्गको निर्माणको कार्य रौताहा हरि हरि जेभीले ७ करोड ५ लाख रुपैँयामा गरिरहेको छ ।

२०६३ सालमा तत्कालिन संस्कृति तथा पर्यटन मन्त्री प्रदीपकुमार ज्ञवालीले विमानस्थलको शिलान्यास गरेको विमानस्थल ५२० मिटर लम्बाई र २० मिटर चौडाइमा धावन मार्ग निर्माणको काम भइरहेको छ । विमानस्थलको कुल १५६ रोपनी जग्गामा बिमानस्थलको एरिया छ । विमानस्थल समयमै सम्पन्न भए गुल्मेली र छिमेकी जिल्लाहरुका नागरिकहरु सिद्धबाबाको जोखिमपूर्ण अबस्था यात्रा गर्नुपर्ने बाध्यता अत्य हुने स्थनीयको अपेक्षा रहेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D