gulminews logo
शनिबार, २०८१ बैशाख १५

म्यालपोखरीका तीन सय २५ घरमा खानेपानीको धारा

हुमाकान्त पोखरेल
गुल्मी, ०४ वैशाख । मदाने गाउँपालिका –४ म्यालपोखरीकी ७८ बर्षिय झमाकुमारी ओलीलाई घरमै पानी आउला भन्ने कहिल्लै लागेको थिएन । एक गाग्रो पानी लिनको लागि उनी कालिमाटी, ढाडा, गैरापधँेरा लगायतका स्थानमा पुग्ने गर्थिन् । उक्त ठाउँबाट पानी लिएर फर्कदा करिब एक घण्टा समय लाग्थ्यो । तर पछिल्लो एक महिनादेखि उनको घरमा खानेपानीको धारा आएको छ । जसले गर्दा उनको दैनिकीमा धेरै सहज भएको छ । कहिलेकाही पानी लिएर फर्कदा बाटैमा लडेर गाग्री फुटेको समेत उनीसँग अनुभव छ । ‘बिहानै उठेर पानी लिन तलको पधेँरोमा जान्थ्यौ, फर्केर आउँदा लडेर घैटो (पानी बोक्ने माटाको भाडो) फुट्थ्यो ।’ ओलीले भनिन्, ‘बाटैमा घैटो फुट्दा घरमा श्रीमान, सासु र ससुराको गाली सहनुपथ्यो ।’ अहिले घरमै पानी आएपछि घरायसी र छिमेकीबीच हुने झगडा समेत धेरै कम भएको उनको भनाई छ । ‘घरमै पानी आउला जस्तो लागेको थिएन, अहिले पनि सपनाजस्तै लाग्छ ।’ उनले भनिन्, ‘गाउँपालिकाको निर्वाचन भएदेखि पानी, बिजुली र बाटोको सुविधा धेरै सहज छ ।’

घरमै पानी आएदेखि स्थानीय डीम्पस सेन पनि खुसि देखिन्छिन् । पधेँरोमा पनि प्रशस्त पानी नपाउदा स्थानीयबीच झगडा समेत हुन्थ्यो । तर आजकाल सेनको लागि ति सबै सम्झना मात्र भएका छन् । किनकी विगत एक महिनादेखि उनको घरमा खानेपानीकोध धारा आएको छ । ‘बिहान दुई घण्टा र बेलुका डेढ घण्टा घरमै पानी आउछ ।’ उनले भनिन्, ‘पानी आएपछि घरको आधाभन्दा धेरै काम घटेको छ ।’ घरमै पानी आएदेखि पुस्तौदेखि कुवा र पधेँरोमा धाउने बाध्यता हटेको छ । त्यस्तै सरसफाई गर्न, तरकारी लगाउन लगायतका काममा पानी आएपछि धेरै सहज भएको छ । ‘निर्वाचनको समयमा उम्मेदवारहरुले पानी ल्याइदिने प्रतिवद्धता जनाएका थिए । तर विश्वास लागेको थिएन ।’ उनले भनिन्, ‘घरमै पानी आएसँगै स्थानीय सरकार र जनप्रतिनिधिप्रति विश्वास बढेको छ ।’

चुनावी बाचा पुरा ग¥यौ ः वडाध्यक्ष

म्यालपोखरीमा ‘एक घर–एक धारा’ अवधारणाअन्तरगत लिफ्टिङ प्रविधिबाट पानी पु¥याइएको छ । संघ, प्रदेश र गाउँपालिकाको लगानीमा लिफ्टिङ प्रविधिबाट बृहत तल्लो लुप्सी खानेपानी आयोजना संचालन गरिएको छ । त्यस्तै वडाभित्र केही साना आयोजना पनि संचालन गरि कुल तीन सय २५ घरमा खानेपानीको धारा पु¥याइएको वडाध्यक्ष भिम प्रसाद भट्राईले जानकारी दिए । म्यालपोखरीमा खानेपानीका अन्य योजना पनि संचालनमा छन् । जसका लागि चार करोड भन्दा बढी रकम खर्च हुने अनुमान छ । ‘पानी पु¥याउने प्रतिवद्धता जनाएर भोट मागेका हौँ ।’ वडाध्यक्ष भट्राईले भने, ‘विश्वास गरेर भोट दिनुभयो, हामीले चुनावी बाचा पुरा ग¥यौ ।’

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D