gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

गुल्मीको रेसुङ्गामा वडावडामा जान नमूना झोलुङ्गे पुल बन्यो

अनिल खत्री
२१ असार, गुल्मी । खोलामाथी त्यो पनि बर्खाको खोला तर्नलाई झोलुङ्गो बनाउने गरिन्छ । तर गुल्मी सदरमुकाम तम्घासको बगाले खोलामा दुइवटा वडामा आवत जावत गर्न झोलुङ्गे पुल निर्माण भएको छ ।

जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–७ र वडानम्बर–९ जोडने वडावासीलाई आवत जावत गर्न र रेसुङ्गा नगरपालिकासँगै सदरमुकामका अन्य कार्यालयहरुमा जानको निम्ति सहज बनाउने उदेश्यले नमून झोलुङ्गे पुल निर्माण भएको हो । रेसुङ्गा नगरपालिका वडानम्बर–७ भुजलखर्क र वडानम्बर–९ बिद्युत कार्यालय नजिकैका स्थानीयलाई वारी पारी गर्न पैदल यात्रा गर्दा घुमारो बाटो हिडनुपर्ने भएपछि झोलुङ्गे पुल बनाइएको हो ।

अहिलो पुल बनेपछि हेर्न र फोटो खिचाउन जानेहरुको घुँइचो लाग्ने गरेको छ । झोलुङ्गे पुल बनेपछि स्थानीयले खुसी व्यक्त गरेका छन् । पुलबनेपछि नगरपालिका जान र वडा वडा बिच पनि वारि पारि गर्न घुमाउरो बाटो हिड्न नपर्ने भएको स्थानीयको भुने सुनारले बताए । वारि पारि गर्दा धेरै घुमारोबाटो हिँडनु पर्ने बाध्यताको अत्य झोलुङ्गे पुलले गरेको सुनारले बताए ।

झोलुंगे पुल निर्माणको लागि सामाजिक तथा प्राबिधिक सहयोग सिर्जनशिल सामुदायिक बिकास केन्द्र गुल्मीले गरेको छ । कुल ५० लाख ६६ हजार ७७ रुपैयाँको लागतमा उक्त पुल निर्माण भएको हो ।

झोलुंगे पुल क्षेत्रगत कार्यक्रम अन्र्तगत ९२ प्रतिशत, रेसुङ्गा नगरपालिकाको ६ प्रतिशत र उपभोक्ता समितिको २ प्रतिशत श्रमदानमार्फत बनेको हो । पुल निर्माणको लागि हेल्मेटार नेपाल (टिभिएसयु)ले लठ्ठा सहयोग गरेको छ । बिद्युत चोक बगाले खोला भुजेल खर्क जोडने पुलको लम्बाई ११८ मिटर लम्बाई रहेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D