gulminews logo
आईतवार, २०८१ बैशाख १६

धुर्कोट वस्तुमा झोलुङ्गे पुलको शिलन्यास

हुमाकान्त पोखरेल
१५ भदौ । गुल्मीको धुर्कोट गाउँपालिका –५ वस्तुमा झोलुङ्गे पुलको शिलन्यास गरिएको छ । वस्तु विचित्र गुफा नजिकैदेखि राङदल फेदीसम्म जोड्ने ३७० मिटर लामो पुलको बुधबार गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले शिलन्यास गरेका हुन् । कुल एक करोड ९० लाखमा बन्ने पुल आगामी चैतसम्म निर्माण सम्पन्न हुनेछ ।

पुल निर्माण भएपछि विचित्र गुफासम्म पुग्न, हिमालय माविमा विद्यार्थीहरु अध्ययनको लागि जान एवम् किसानहरुलाई घाँस–दाउरा गर्न सहज हुने विचित्र गुफा संरक्षण समितिका अध्यक्ष युवराज भण्डारीले जानकारी दिए । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पोखरेलले समयमै काम गर्न सम्बन्धित निर्माण व्यवसायीलाई निर्देशन दिए । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सीता गिरी, प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थी, वस्तुका वडाध्यक्ष ढुन्डीराज भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D