gulminews logo
शनिबार, २०८१ बैशाख १५

श्रीङ्गेश्वर क्रिकेट प्रतियोगिताको उपाधी बलेटक्सारको सुर्योदय युवा क्लबलाई, हुँगा दोश्रो

भुबन भुसाल
गुल्मी, साउन १० । श्रीङ्गेस्वर युवा क्लबले आयोजना गरेको खुल्ला कृकेट प्रतियोगिताको उपाधी सुर्योदय युवा क्लब रुरु गाउँपालिका बलेटक्सारले जितेको छ । उपाधी सँगै क्लबले नगद २५ हजार रुपैँया, कप मेडल र प्रमाणपत्र हात पारेको छ ।
प्रतियोगितामा हुँगा युवा क्लब छत्रकोट १ हुँगाले दोश्रोमा चित्त बुझाएको छ । हुँगाले नगद १२ हजार पाँच सय रुपैँया, मेडल र प्रमाण पत्र हात पारेको छ ।

खेलको एक औपचारिक कार्यक्रम गरि समापन गरिएको छ । क्लबका अध्यक्ष केशर कंडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा छत्रकोट गाउँपालिका अध्यक्ष मधुकृष्न पन्थको प्रमुख आतिथ्यता रहेको थियो । छत्रकोट गाउपालिका वार्ड न ४ का वडा अध्यक्ष डिलाराम न्यौपाने, नेकपाका नेता होमनाथ कंडेल, रामु कंडेल, रबि कंडेल, श्रीङ्गा प्रहरी चौकी प्रमुख हरिकिशन पुन, रेडियो श्रीङ्गेस्वरका स्टेसन प्रमुख दामोदर ज्ञवाली , रुरु एफएमका युगराज बस्याल, स्थानिय समाजसेबी, खेलाडी लगायतको उपस्थिती रहेको थियो ।

क्लबका सचिब सन्तोस कण्डेलको स्वागत मन्तब्य रहेको कार्यक्रमको संचालन भुबन भुसालले गर्नुभएको थियो ।

यो पनि पढ्नुस्

गुल्मीमा सम्पन्न तेस्रो पटकको पुलचोक कपको उपाधि पनि आफ्नो पोल्टामा पार्दै सिद्धबाबाको ह्याट्रिक

टोपलाल अर्यालगुल्मी, १४ साउन । गुल्मीको तम्घासमा संचालन भएको तेस्रो पुलचोक कप फुटवलको उपाधि सिद्धबाबा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D