gulminews logo
सोमबार, २०८१ जेष्ठ ७

रुरु गाउँपालिकाको ६ वटै वडामा १-१ वटा भलिबल कोर्ट बनाईने

गुल्मी, जेठ १० । गुल्मीको रुरु गाउँपालिकामा ६ वटा भलिबल कोर्ट बनाईने भएको छ । गाउँपालिकाले ६ वटै वडामा १-१ वटा भलिवल कोर्ट बनाउने गाउँपालिका अध्यक्ष निलकण्ठ गौतमले बताएका छन् । रुरुमा सन्चालन भईइरहेको प्रथम रुरु गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ्ग शिल्डको उद्घाटन गर्दै गौतमले सो कुरा बाटएका हुन् ।

“प्रतियोगिताले बिध्यार्थिमा आत्मबिश्वास बढाउन सघाउँछ”, उनले भने, ” त्यस्तै गाउँ गाउँमा लुकेर रहेका प्रतिभा पहिचान गरि अगाडी बढ्न मद्दत पनि गर्दछ ।”

रुरु गाउँपालिका शिक्षा शाखाको आयोजनामा रिडीमा जारि प्रतियोगितामा क्रिकेट, हाई जम्प, लङ जम्प सटफुट, बिभिन्न दुरिका दौड प्रतियोगिता भई रहेका छन् । शुक्रबारबाट सुरु भएको रुरु गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शनिबार सम्पन्न हुदैछ ।

कार्यक्रमको अध्यक्षता सामाजिक बिकास संयोजक एवम वडा नं. ३ का वडा अध्यक्ष शेषनारायण पौड्लले गर्नु भएकको थियो । कार्यक्रममा शिक्षा बिकास समिति सदस्य एवम वडा नं. ४ का वडा अध्यक्ष फर्शुराम ज्ञवालीले स्वागत गर्नु भएको थियो । कार्यक्रम रुरु गाउँपालिका शिक्षा शाखा प्रमुख बामदेब ज्ञवालीले संचालन गर्नु भएको थियो ।

प्रथम रुरु गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा ३ वटा निमाबि र ८ वटा माबि प्रतियोगितामा भाग लिईरहेका छन् ।

यो पनि पढ्नुस्

गुल्मीमा सम्पन्न तेस्रो पटकको पुलचोक कपको उपाधि पनि आफ्नो पोल्टामा पार्दै सिद्धबाबाको ह्याट्रिक

टोपलाल अर्यालगुल्मी, १४ साउन । गुल्मीको तम्घासमा संचालन भएको तेस्रो पुलचोक कप फुटवलको उपाधि सिद्धबाबा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D