gulminews logo
शुक्रबार, २०८० चैत्र १६

रुपाकोटमा जारी क्रिकेट प्रतियोगिताको आज भएका खेलमा सत्यवती र मुसिकोटका टीमहरु बिजयी

गुल्मी, पुष १० । Rise Education Cricket Cup 2020 अन्तर्गत पौष १० गते भएका खेलमा अश्लेवा, मुसिकोट फेदी र नवदीप सेवा समाज, भुवाचिदीको B टीम बिजयी भएका छन् ।

पहिलो खेलमा रुपाकोट A टीम अश्लेवासंग २ विकेटले पराजित भएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको रुपाकोट A ले खराव प्रदर्शन गर्दै मात्र ३७ रन बनाएको थियो। अश्लेवाका भोजराज पान्डेय चम्किँदा रुपाकोट सम्हालिन सकेन । उनले २ ओभरमा १२ रन दिदै ४ खेलाडीलाई पेवेलियनको बाटो देखाएका थिए ।

रुपाकोटको टीममा ६५ बर्षिय नेत्रलाल भन्डारीसंगै १३ बर्षका प्रदीप बिक पनि थिए। प्रकाश भन्डारीको कप्तानीमा मैदान उत्रेको रुपाकोट A ले आफ्नो इनिङमा मात्र एउटा चौका हानेको थियो। बायाँ हाते ओपनर ब्याट्स्म्यान नेत्रलाल भन्डारीले ७ बलमा २ रन बनाउँदा अन्य खेलाडीले पनि ठुलो योगदान गर्न सकेनन् ।

जवाफमा ३८ रनको लक्ष्य पछ्याएको अश्लेवालाई झिनो लक्ष्य पनि पहाड बनेको थियो । रेगुलर विकेट चट्काएर आच्छु – आच्छु पारेका बलरले खेलमा रोमान्चकता भरेका थिए। कुनै ठुलो साझेदारी बनाउन नदिएका आयोजकका बलरले ८ विकेट झारेका थिए तर अन्तिममा अश्लेवा सम्हालियो र खेल आफ्नो पोल्टामा पार्‍यो।

खेलमा भोजराज पान्डेयले म्यान अफ द म्याच अवार्ड जितेका थिए।

त्यसैगरी दोस्रो खेल हुँगा क्रिकेट टीम र फेदी युवा क्लव मुसिकोट बीच भएको थियो।

टस जितेर पहिले ब्याटिङ गरेको हुँगाले ९२ रन बनाएको थियो। प्रदेश स्तरीय टीमबाट खेल्ने खेलाडीले सुसज्जित फेदीले उत्कृष्ट शुरुवात गरेको थियो।

फेदीका अभिशेखले आफ्नो स्पेलमा १ मेडन राख्दै ४ विकेट लिँदा हुँगा ४ ओभरमा ४ विकेट गुमाएर मात्र ४ रनमा थियो।

खराब स्थितिबाट टीमलाई राजा खान (३३ रन) र कामरान खान (अविजित २१ रन) ले उत्कृष्ट साझेदारी गर्दै खेल आफ्नो पकडमा राखेका थिए। निरन्तर चौका र छक्काको बर्षा गराएका राजा र कामरान लगायत केहि खेलाडी भारतीय भएको भन्दै विवाद उत्पन्न भएपछि अर्को राउन्डको खेल खेल्दा नेपाली भएको प्रमाण पेश गर्ने शर्तमा खेलमा समावेश गरिएको थियो।

जवाफमा ९३ रनको लक्ष्य पछ्याएको फेदीले म्यान अफ द म्याच तेजेन्द्रको ३२ रन तथा रबिन कार्कीको अविजित २३ रनको मद्दतमा ६ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको थियो।

त्यसैगरी अन्तिम खेलमा बाग्लुङ हटियालाई ३ रनले हराउँदै नवदिप सेवा समाज, भुवाचिदी B अर्को चरण प्रवेश गरेकोछ ।

यो पनि पढ्नुस्

गुल्मीमा सम्पन्न तेस्रो पटकको पुलचोक कपको उपाधि पनि आफ्नो पोल्टामा पार्दै सिद्धबाबाको ह्याट्रिक

टोपलाल अर्यालगुल्मी, १४ साउन । गुल्मीको तम्घासमा संचालन भएको तेस्रो पुलचोक कप फुटवलको उपाधि सिद्धबाबा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D