लमजुङ । आर्थिक वर्ष २०७३/७४ मा राहदानीबाट रु एक करोड ८१ लख ७० हजार राजस्व संकलन भएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार सो अवधिमा तीन हजार ४२९ जनाले साधारण राहदानी लिएका छन् । जिल्लाको सिफारिसमा एक हजार ५०९ जनाले द्रूतसेवामा राहदानी लिएका छन्।
गत आवमा सबैभन्दा बढी कात्तिकमा राहादानीबाट रु १८ लाख ७० हजार तथा वैशाखमा सबैभन्दा कम रु नौ लाख ९० हजार राजश्व संकलन भएको थियो। रासस