gulminews logo
मंगलवार, २०८० चैत्र ६

युथ भिजन क्लब गुल्मीद्वारा भलिबल प्रतियोगिता आयोजना, बिजेतालाई २० हजार रुपैँया

सन्जु काउछा
मंसिर १३ । युथ भिजन क्लब गुल्मीले साविक वडा ब्यापी भलिबल प्रतियोगिता आयोजना गरेको छ । चन्द्रकोट गाउँपालिका वार्ड नं ८ स्थित क्लबको खेलमैदानमा प्रतियोगिता सन्चालन हुन लागेको हो ।

यही मंसिर २४ देखी छु गते सम्म सन्चालन हुने प्रतियोगिताको प्रथम पुरस्कार २० हजार रुपैँया रहेको छ । त्यस्तै दोस्रो र तेस्रो हुनेले पुरस्कार स्वरुप क्रमश १२ हजार रुपैँया र ८ हजार रुपैँया प्राप्त गर्नेछन् । प्रथम, द्वितिय र तृतीय हुने सबै टिमका खेलाडीहरुलाई नगद पुरस्कारका अलावा मेडल र प्रमाण पत्र पनि प्रदान गरिने आयोजकले जनाएको छ ।

२ हजार रुपैँया दर्ता शुल्क तोकिएको प्रतियोगिता टिटी सिस्टममा खेलाईने प्रतियोगिताको टिममा एक जना प्रशिक्षक सहित ९ जना हुनुपर्ने जनाईएको छ । प्रतियोगितामा सहभागी हुन ईच्छुक क्लब, टिम वा समुहले मंसिर २३ गते बेलुका ८ बजे सम्म दर्ता गरिसक्नुपर्ने खेल संयोजक कमल गाहाले गुल्मीन्युजलाई जानकारी दिए ।

यो पनि पढ्नुस्

गुल्मीमा सम्पन्न तेस्रो पटकको पुलचोक कपको उपाधि पनि आफ्नो पोल्टामा पार्दै सिद्धबाबाको ह्याट्रिक

टोपलाल अर्यालगुल्मी, १४ साउन । गुल्मीको तम्घासमा संचालन भएको तेस्रो पुलचोक कप फुटवलको उपाधि सिद्धबाबा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D