gulminews logo
बुधबार, २०८१ बैशाख १२

मुसिकोटले जित्यो राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि, गुल्मीदरबार दोस्रो

हुमाकान्त पोखरेल
गुल्मी, २१ असार । तीन दिनसम्म चलेको १२ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि मुसिकोट नगरपालिकाले जितेको छ । नगरपालिकाले १६ स्वर्ण, सात रजत र आठ कास्य गरी कुल ३१ पदकसहित प्रथम स्थान हाँसिल गरेको हो ।

प्रतियोगितामा गुल्मीदरबार गाउँपालिका दोस्रो र चन्द्रकोट गाउँपालिका तेस्रो भएका छन् । गुल्मीदरबारले छ स्वर्ण, पाँच रजत र सात कास्य गरी कुल १८ पदक जितेको छ । चन्द्रकोटले पाँच स्वर्ण, ११ रजत र १२ कास्य गरी कुल २८ पदक जितेको जिल्ला खेलकुद विकास कार्यालयका प्रमुख डिल्ली विश्वकर्माले जानकारी दिए ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ असार १८, १९ र २० गते सदरमुकाम तम्घासमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता संचालन गरिएको थियो । प्रतियोगितामा सबै पालिका सहभागि भएका थिए । तर रेसुङ्गा नगरपालिका भने अन्तिमको खेलमा मात्रै सहभागि भएको थियो । प्रतियोगितामा कुल ४३ विद्यालयका विद्यार्थीहरु रहेका थिए ।

भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दो र करौँते खेल संचालन भएका थिए । सबै प्रतियोगिताहरु छात्र÷छात्राको छुट्टाछुट्टै समुहमा खेलाइएको कार्यालय प्रमुख विश्वकर्माले जानकारी दिए । लुम्बिनी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता असार २४, २५ र २६ गते दाङको बेल्झण्डी रङ्गशालामा हुँदैछ । जसका लागि गुल्मीबाट खेलाडी पनि छनौट गरिएको छ । भलिबल र कबड्डीमा छात्र÷छात्रा नौ÷नौ जना, एथेटिक्समा छात्र÷छात्रा ११÷११ जना एवम् तेक्वान्दो र कराँतेमा छात्र÷छात्रा तीन÷तीन जना छनौट गरिएको जिल्ला खेलकुद विकास समितिको कार्यालयले जनाएको छ ।

यो पनि पढ्नुस्

गुल्मीमा सम्पन्न तेस्रो पटकको पुलचोक कपको उपाधि पनि आफ्नो पोल्टामा पार्दै सिद्धबाबाको ह्याट्रिक

टोपलाल अर्यालगुल्मी, १४ साउन । गुल्मीको तम्घासमा संचालन भएको तेस्रो पुलचोक कप फुटवलको उपाधि सिद्धबाबा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D