gulminews logo
बिहीबार, २०८१ बैशाख २७

भिडियो: बसौँ बसौँ लाग्ने गुल्मीको गौँडाकोट….

गुल्मी, पुष २१ । गुल्मी जिल्लामा प्रवेशद्वारमै रहेको पवित्र धार्मिक तथा पर्यटकीयस्थल रिडी । रिडीबाट करिब २१ किलोमिटरको दुरिमा रहेको छ गौँडाकोट । गौँडाकोटबाट वरपर देखिने रमणिय गाउँहरु । ढिस्का जस्तो भएर, बेसी जस्तो बनेर रहेका यहाँको भुबनोटले यहाँका बासिन्दाहरुलाई राम्रै उब्जनी दिईरहेको छ । कर्म गर्नेहरुका लागि उर्वर छ माटो । कतै सुन्तलाले ढाकिएको छ कतै बिभिन्न जातका फलफुल र मौसम अनुसारका तरकारी र अन्नबाली ।
पक्की सडक यातायातले छोएको छ गौँडाकोटलाई । खेती किसानीमा जीवन बिताएका छन् यहाँका अधिकांस बासिन्दाले । युवाहरुको पलायन रोकिएको छैन । जती गाउँमा बसोबास गरिरहेका छन् उनिहरुको जीवन कुटो कोदालो र खेतिपातीमै बितेको छ । तर आजकल खेती गर्ने तरिकामा पनि अर्कै परिवर्तन देखिन थालेको छ । हिउँद र बर्षा याममा गरिने खेतिपातीमा परिवर्तन आएको छ । बाउबाजेले गर्दै आएको खेती भन्दा अर्कै खेती गर्ने चलन आजकाल गाउँमा बढ्दै गएको छ । मकै, कोदो जस्ता परम्परागत बाली लगाउने बारीका गराहरुमा आजकाल काउली, बन्दा, टमाटर, आलु जस्ता नगदेबाली फलाउने क्रम पनि बढ्दो छ ।

गाउँको अत्यन्तै मनोरम दृष्‍य हेर्दा छोडेर कतै जान मन लाग्दैन । रोजगारी वा पेशा ब्यवसाय यहीँ हुँदो हो त कती सम्पन्न हुन्थ्यो यही गाउँ बस्ती । गाउँमै बसुँबसुँ लाग्थ्यो । हेरौँ मिडिया प्लानले तयार पारेको यो भिडियो रिपोर्ट:

यो पनि पढ्नुस्

गुल्मीमा ईन्द्रेणीका कृष्ण कंडेल, कल्पना दाहाल, छत्र शाहीले धमाका मच्चाए: हेर्नुस् भिडियो

सन्जु काउछाबैशाख १४ । चर्चित टेलिभिजन कार्यक्रम ईन्द्रेणीले गुल्मीमा भब्य रुपमा आफ्नो प्रस्तुती सम्पन्न गरेको

३ दर्जन मलामी सहित शव बोकेर गुल्मी आउँदै गरेको बस दुर्घटना बारे के भन्छन् प्रत्यक्षदर्शी ? हेरौँ स्थलगत रिपोर्ट:

गुल्मी, पुष १९ । बुटवलबाट ३ दर्जन मलामी सहित शव बोकेर गुल्मीको रिडीतर्फ आउँदै गरेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D