gulminews logo
मंगलवार, २०८० चैत्र ६

उड्ला त अब गुल्मीबाटै जहाज ? ड्रोन फुटेजमा यस्तो देखियो बन्दै गरेको रेसुंगा बिमानस्थल (भिडियो)

काठमाडौं, मंसिर ०२ । गुल्मीमा रेसुंगा बिमानस्थल निर्माण थालेको झन्डै १६ बर्ष हुन थाली सक्यो । बेलाबेलामा चर्चामा आउने र सेलाउने गरिरहेको रेसुंगा बिमानस्थल ४ बर्ष पहिले एकाएक चर्चामा आयो, कारण थियो परिक्षण उडान । २०७५ साल जेठ २५ गते तारा एअरको ट्विनअटर बिमानले धुले माटोमै परिक्षण उडान सम्पन्न पनि गर्‍यो ।

यो पनि पढ्नुस्: बिशेष भिडियो रिपोर्ट: रेसुङ्गा बिमानस्थल बारे कस्ले के भने? मन्त्री देखी सर्वसाधारण सम्मको प्रतिकृया

२०६३ सालमा तत्कालिन एमाले नेता प्रदिप ज्ञवाली पर्यटन मन्त्री हुँदा थालिएको निर्माण कार्य १२ बर्ष पछी उनै नेता ज्ञवाली पररास्ट्रमन्त्री हुँदा धुले माटोमै परिक्षण उडान गरिएको थियो । बडो तामझामका साथ गरिएको परिक्षण उडान अवलोकन गर्न मन्त्री ज्ञवाली हेलिकप्टर मार्फत गुल्मी पुगेका थिए । परिक्षण उडानको क्रममा सम्बोधन गर्दै मन्त्री ज्ञवालीले ढिलोमा आज भन्दा ३ बर्ष पहिले अर्थात २०७५ सालको दसैं सम्ममा रेसुंगा बिमानस्थलमा नियमित उडान थाल्ने बताएका थिए । त्यो दसैंँमा मन्त्री ज्ञवालीले भने जस्तो नियमित उडान भएन । रेसुंगा बिमानस्थलको चर्चा बिस्तारै सेलाउँदै गयो ।

यो पनि पढ्नुस्: बुद्द एअरले गुल्मी उडान भर्दै ? कान्तिपुरले छाप्यो यस्तो समाचार, के भन्छन् निर्माण समितिका अध्यक्ष पन्त?

पछी फेरी रेसुंगा बिमानस्थलको चर्चा चल्यो, कान्तिपुर दैनिकमा प्रकाशित समाचारको कारण । कान्तिपुर दैनिकले एउटा खबर छाप्यो बुद्द एअरले गुल्मी सहितका पहाडी जिल्लामा उडान गर्ने भनेर । “दुर्गमतर्फ मोडियो बुद्ध” शिर्षकको सो समाचारमा सन् २०२० भित्रमा बुद्दले अर्को सहायक कम्पनी स्थापना गरेर हिमाली र उच्च पहाडी भेगतर्फ सेवा विस्तार गर्न लागेको बताईएको थियो ।

बुद्धका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतलाई उदृत गर्दै अमेरिकी सेस्ना स्काई कुरियर विमान खरिद गरेर काठमाडौंबाट गुल्मी सहित रुम्जाटार, भोजपुर, ताप्लेजुङ, लुक्ला, पोखरा र जोमसोम र गुल्मी उडान लागिएको जनाईएको थियो । अघिल्ला हल्लाहरु जस्तो २०२० भित्र गुल्मीमा जहाज उड्ने हल्ला हल्लामा मात्रै सिमित भयो । जहाज उडेन ।

यो पनि पढ्नुस्: रेसुङ्गा बिमानस्थलमा ढिलो भनेको आगामी दशैँ सम्ममा नियमित उडान सुरु हुन्छ: मन्त्री ज्ञवाली

अहिले फेरी बिगत डेढ दशकदेखी अलपत्र जस्तै बनेको रेसुङ्गा बिमानस्थलमा जहाज उड्ने चर्चा चल्न थालेको छ । पछील्लो समय बिमानस्थालको भौतिक संरचनाको निर्माणमा तिब्रता, काम सकिन लागेको, छिट्टै सकिने, बिमानस्थल सन्चालनमा आउन धेरै समय नलाग्ने जस्ता हल्ला चल्न थालेको छ । उसो त हल्ला त्यसै चलेको हैन । स्थानिय जन प्रतिनिधी र राजनीतिक दलका नेता कार्यकर्ताहरुले बिभिन्न कार्यक्रमहरुमा यस्तो भाषण गर्ने गरेका छन् । भाषण हल्ला जे जस्तो भए पनी यथार्थ एकदम फरक छ । निर्माणले तिब्रता पाएको भनिए पनि धेरै काम बाँकी नै छ ।

यो पनि पढ्नुस्: रेसुङ्गा बिमानस्थलमा पहिलो पटक जहाज अवतरण गर्दाका हेर्नैपर्ने १० तस्बिरहरु

गुल्मी मात्र नभएर ५ नम्बर प्रदेशलाई नै हावाईमार्गले जोड्ने भैरहवा बिमानस्थल पछी दोस्रो बिकल्पको रुपमा रहेको गौरबको आयोजनाबाट गुल्मेली मात्र हैन छिमेकी जिल्लाहरुका स्थानियहरु पनि निकै उत्साहित भएका थिए । उनिहरुको आफ्नो घर छेवैबाट जहाज चढेर भैरहवा, काठमाडौं, पोखरा लगायतका गन्तब्यमा पुग्ने जिजिबिषा कायमै छ ।

हेरौँ ड्रोन सट सहितको भिडियो फुटेजमा कस्तो देखिएको छ बन्दै गरेको रेसुंगा बिमानस्थल:

यो पनि पढ्नुस्

गुल्मीमा ईन्द्रेणीका कृष्ण कंडेल, कल्पना दाहाल, छत्र शाहीले धमाका मच्चाए: हेर्नुस् भिडियो

सन्जु काउछाबैशाख १४ । चर्चित टेलिभिजन कार्यक्रम ईन्द्रेणीले गुल्मीमा भब्य रुपमा आफ्नो प्रस्तुती सम्पन्न गरेको

३ दर्जन मलामी सहित शव बोकेर गुल्मी आउँदै गरेको बस दुर्घटना बारे के भन्छन् प्रत्यक्षदर्शी ? हेरौँ स्थलगत रिपोर्ट:

गुल्मी, पुष १९ । बुटवलबाट ३ दर्जन मलामी सहित शव बोकेर गुल्मीको रिडीतर्फ आउँदै गरेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D