gulminews logo
शुक्रबार, २०८० चैत्र १६

३ दर्जन मलामी सहित शव बोकेर गुल्मी आउँदै गरेको बस दुर्घटना बारे के भन्छन् प्रत्यक्षदर्शी ? हेरौँ स्थलगत रिपोर्ट:

गुल्मी, पुष १९ । बुटवलबाट ३ दर्जन मलामी सहित शव बोकेर गुल्मीको रिडीतर्फ आउँदै गरेको बस दुर्घटना हुँदा घटनास्थलमै सात जनाको मृत्यु भएको छ भने पछी उपचारको क्रममा थप एक जनाको मृत्‍यु भएको छ । पाल्पाको रिब्दीकोट गाउँपालिका–३, लघुवामा आइतबार बस दुर्घटना हुँदा थप ८ जना घाईते भएका छन् । शव लिएर बुटवलबाट गुल्मीको रिडी आउँदै गरेको लु१ख ७२७९ नम्बरको बस दुर्घटना भएको पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए ।

बुटवलदेखि शव दाहसंस्कारका लागि गुल्मीको रुरुक्षेत्र कालीगण्डकी रिडी हिँडेको बस दुर्घटना भएको हो । प्रहरी र स्थानीयसहितको टोलीले घाइतेको उद्धार कार्य गरेको छ । चार वटा शव बाहिर देखिएको र तीनवटा शव दुर्घटनाग्रस्त बसले च्यापेकाले जेसीभी झिकाएर निकाल्ने तयारी गरेको प्रहरीले जनाएको छ ।

आईतबार बिहान करिब १०ः३० बजे तिर भएको दुर्घटनाका भएको थियो । करिब ३५ जना मलामी सवार रहेको बस दुर्घटनामा परेको थियो ।

हेरौ यसै सम्बन्धमा नेपाल अप्डेटले तयार पारेको बिशेष भिडियो रिपोर्ट:

यो पनि पढ्नुस्

गुल्मीमा ईन्द्रेणीका कृष्ण कंडेल, कल्पना दाहाल, छत्र शाहीले धमाका मच्चाए: हेर्नुस् भिडियो

सन्जु काउछाबैशाख १४ । चर्चित टेलिभिजन कार्यक्रम ईन्द्रेणीले गुल्मीमा भब्य रुपमा आफ्नो प्रस्तुती सम्पन्न गरेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D