gulminews logo
मंगलवार, २०८० चैत्र ६

भिडियो: गुल्मीका “बिरे दाइ”को इन्द्रेणीमा धमका, मनमायासँग पर्‍यो दोहोरीमा टक्कर

सन्जु काउछा
मंसिर ११ । गुल्मीका बिरे दाई । यतिबेला यही परिचय काफी छ गुल्मी जिल्ला मुसिकोट नगरपालिका वार्ड नं ७ वामीका वीर बहादुर विश्वकर्माको । रंङ्गिलो स्वाभावका बिर बहादुर मिठो गीत गाउँछन् । गाउँमै मेला पर्वमा रंगीला गीत गाउँदै गाउँलेका माया बटुल्दै आएका वीर बहादुर यतिबेला साना ठुला सबैका लागि बिरे दाईका रुपमा चर्चित छन् ।

हँसिलो मुहार, रंगिलो स्वाभाव अनी मिठो स्वरका कारण यतिबेला उनी सामाजिक सन्जालहरुमा भाईरल भईरहेका छन् । कृष्ण कंडेलद्वारा सन्चालित चर्चित टेलिभिजन कार्यक्रम ईन्द्रेणीमा गएर दोहोरी गाएपछी उनको चर्चा झन चुलिएको छ ।

उत्कृष्ट गला र कला हुँदाहुँदै पनि अवसर नपाएका वीर बहादुर तब “बिरे दाई”को रुपमा चर्चामा आए जब गुल्मीका चर्चित युटुबर मोहन बस्नेतले उनको लुकेको प्रतिभालाई सबैमाझ सार्वजनिक गरे । बस्नेतको युटुब च्यानल मार्फत लाखौं दर्शक स्रोतामाझ पुगेका बिरे दाईको चर्चा यतिबेला थप चुलिँदो छ ।

गाउँमै आरनको काम गरेर गुजारा चलाऊँदै आएका ४६ बर्षिय बिरे दाई तुरुन्ताको तुरुन्तै तीज, भजन, झ्याउरे, लोकदोहोरी जस्ता गीतहरु सिर्जना गर्ने तथा गाउने गर्दछन् । अझ उनको केटीको स्वरमा गाउने कला पनि बडो गज्जबको लाग्छ ।

बहुप्रतिभाशाली बिरे दाईको ईन्द्रेणी पुग्ने बिरे दाईको ठुलो सपना अन्तत: पुरा भएको छ । मोहन बस्नेत, कमल बराल, सुमन पन्थी लगायतको टोली सहित ईन्द्रेणी स्टुडियो पुगेर ईन्द्रेणीकी गायिका मनमाया वाईबासँग दोहोरी पनि गाए । हेरौँ भिडियो:

यो पनि पढ्नुस्

गुल्मीमा ईन्द्रेणीका कृष्ण कंडेल, कल्पना दाहाल, छत्र शाहीले धमाका मच्चाए: हेर्नुस् भिडियो

सन्जु काउछाबैशाख १४ । चर्चित टेलिभिजन कार्यक्रम ईन्द्रेणीले गुल्मीमा भब्य रुपमा आफ्नो प्रस्तुती सम्पन्न गरेको

३ दर्जन मलामी सहित शव बोकेर गुल्मी आउँदै गरेको बस दुर्घटना बारे के भन्छन् प्रत्यक्षदर्शी ? हेरौँ स्थलगत रिपोर्ट:

गुल्मी, पुष १९ । बुटवलबाट ३ दर्जन मलामी सहित शव बोकेर गुल्मीको रिडीतर्फ आउँदै गरेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D