gulminews logo
शुक्रबार, २०८१ बैशाख २१

बुटवलमा सम्पन्न कलाकारहरुको भलिबल खेलमा गुल्मी दोस्रो, ब्याडमिण्टनमा पनि दोस्रै

बुटवल, माघ १८ । राष्ट्रिय लोक दोहोरी गित प्रतिष्ठान नेपाल, लुम्बिनी प्रदेश शाखाले आयोजना गरेको कलाकार बीच राखिएको विभिन्न प्रतियोगिताहरुमा कलाकारहरुले प्रदर्शन गरेका छन् ।

खेलकुद प्रतियोगिता तर्फ भलिबल खेलमा लोक तथा दोहोरी गित प्रतिष्ठान रुपन्देही प्रथम भएको छ । विभिन्न ८ जिल्लाका कलाकार खेलाडीहरु बीच भएको खेलमा प्रथम भएको लोकदोहोरी प्रतिष्ठान रुपन्देहीले सिल्ड, मेडल, जिउँदो खसी तथा प्रमाणपत्र प्राप्त गरेका छन् । भलिबलमा दोस्रो बनेको लोक तथा दोहोरी गित प्रतिष्ठान गुल्मीले सिल्ड, मेडल, जिउँदो बोका र प्रमाणपत्र हात पारेको छ । रुपन्देही र गुल्मी बीच भएको खेलमा गुल्मीलाई सोझो सेटमा तिन जिरो बनाउदै रुपन्देही प्रथम हुन सफल भएको हो ।

ब्याडमिन्टन तर्फ लोकदोहोरी प्रतिष्ठान नवलपरासीका कलाकार प्रथम भएका छन् भने लोकदोहोरी प्रतिष्ठान गुल्मीका खेलाडी दोस्रो भएका छन् । आयोजक लुम्बिनी प्रदेशले तेस्रो स्थान प्राप्त गरेको छ ।

बिजयी खेलाडीहरुलाई तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । प्रतियोगितामा शँख बजाउने तर्फ बलराम लम्साल प्रथम, कपिल अधिकारी द्धितिय, माधब पान्डे तृतिय र सुर्य प्रसाद पाण्डेले सान्त्वना पुरस्कार पाए । पात बजाउने तर्फ ओम ज्ञवाली प्रथम, चेतना थापा दोस्रो र धन बहादुर गुरुङ तृतिय भए । त्यसैगरि सिटी बजाउने तर्फ उज्वल गिरी प्रथम, कपिलदेव अधिकारी द्धितिय र रेसम खनाल तृतिय भए । सुसेली होल्ने तर्फ देवीदत्त सापकोटा प्रथम, नन्दु परियार द्धितिय र राम प्रसाद पौडेल तेस्रो भए ।

यो पनि पढ्नुस्

गुल्मीमा सम्पन्न तेस्रो पटकको पुलचोक कपको उपाधि पनि आफ्नो पोल्टामा पार्दै सिद्धबाबाको ह्याट्रिक

टोपलाल अर्यालगुल्मी, १४ साउन । गुल्मीको तम्घासमा संचालन भएको तेस्रो पुलचोक कप फुटवलको उपाधि सिद्धबाबा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D