gulminews logo
शुक्रबार, २०८१ बैशाख २१

प्रदेश स्तरीय भलिवल खेलको रेफ्रिमा छनौट हुने २ जनालाई मुसिकोट नपाको सम्मान

कमल पौडेल
गुल्मी, २९ माघ । मुसिकोट नगरपालिकाले प्रदेश स्तरीय भलिवल खेलको रेफ्रिमा छनौट भएका २ जना खेलाडिहरुलाई सम्मान गर्दै पुरस्कार स्वरुप जनही १० हजार दिने घोषणा गरेको छ ।

मुसिकोट नगरपालिका वडा नं. ४ का सोम दर्लामी र वडा नं. ८ का नविन छन्त्याललाई नगरपालिकाको सभाहलमा एक कार्यक्रमका विच सम्मान गरेको हो । दुवै खेलाडी रोल्पामा सम्पन्न प्रदेश स्तरीय भलिवल रेफ्रि तालिमको लागि छनौट भई सहभागि बनेका थिए । सो सम्मान कार्यक्रममा बोल्दै नगरप्रमुख सोमनाथ सापकोटाले मुसिकोट नगरपालिका खेलकुदको विकासको लागि प्राथमिकताका साथ काम गरिरहेको बताउनु भएको छ ।

प्रत्येक वडामा खेल मैदानहरु निर्माण गरिएको, नगर गौरवकै रुपमा ग्वादीका चौर खेलमैदान निर्माणमा काम गरिरहेको बताउनु भएको छ। खेललाई व्यवसायीक नवनाएसम्म खेलकुदको विकास हुन नसक्ने भन्दै नगरप्रमुख सापकोटाले खेललाई व्यवसायीक बनाउनु पर्ने र सोको लागि सहयोग गर्न नगरपालिका तयार रहेको बताउनु भएको छ ।

कार्यक्रममा उपप्रमुख कमला शर्मा, प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसाल, वडा अध्यक्ष तथा नगरकार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो। नगरपालिकाले सम्मान गरेपछि खुसिहुँदै खेलाडिहरुले नगरपालिका परिवार प्रति आभार तथा धन्यवाद व्यक्त गर्दै निरन्तर खेलकुदमा लाग्ने प्रतिवद्धता व्यक्त गरेका थिए।

यो पनि पढ्नुस्

गुल्मीमा सम्पन्न तेस्रो पटकको पुलचोक कपको उपाधि पनि आफ्नो पोल्टामा पार्दै सिद्धबाबाको ह्याट्रिक

टोपलाल अर्यालगुल्मी, १४ साउन । गुल्मीको तम्घासमा संचालन भएको तेस्रो पुलचोक कप फुटवलको उपाधि सिद्धबाबा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D