gulminews logo
शुक्रबार, २०८० चैत्र १६

प्रथम गुल्मी जुभूङ्ग खेलकुद महोत्सवमा पुरुष भलिवलको उपाधी रिभर साईडलाई

प्रविण गाहा
गुल्मी, ९ कात्तिक । प्रथम जुभूङ्ग खेलकुद महोत्सव अन्र्तगतको पुरुष भलिवलको उपाधी रिभर साईड युवा क्वल घुर्मीले हात पारेको छ । साविक खुल्ला वडा स्तरिय भलिवल प्रतियोगिताको फाईनलमा न्यु हिमशिखर युवा क्लव बलिथुम लुम्पेकलाई हराउदै रिभर साईडले उपाधी संगै नगद २५ हजार, मेडल र प्रमाणपत्र हात पारेको हो ।

उपविजेता न्यु हिमशिखरले नगद १५ हजार रुपैयाँमा चित्त बुझाएको छ । दुई सेट लगातार जितेको रिभर साईडलाई उपाधी हातपार्न थप दुई सेट कुर्नु प¥यो । फाईनल भिडन्त अत्यन्तै रोचक बनेको थियो । स्थानीय क्लव समेत रहेको रिभर साईडका खेलाडीहरु दर्शकको हुटिङ्गले थप उत्साहित भएका थिए ।


आयोजकलाई हराउंदै दारी होटल आँपचौर तृतीय भई सात हजार पाएको छ । खेलकुद महोत्सव अन्र्तगत पुरुष भलिवलमा ३९ टिमको सहभागिता रहेको थियो ।


रिभर साईड युवा क्लवले स्थानीय स्तरमा हुने विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएको क्लवका क्याप्टेन तुलबहादुर गाहाले जानकारी दिनुभयो । स्थापनाकालमा विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको क्लवले करिव छ वर्ष पछि पुनःउपाधी हात पारेको हो ।
गत भदौमा बलिथुमको थाक्सी पोखरामा भएको भलिवल प्रतियोगितामा पनि रिभर साईड उपविजेता बनेको थियो ।
त्यस्तै खेलकुद महोत्सवमा महिला भलिवलको उपाधी लिम्घाको नमुना युवा क्लवले हात पारेको छ । उपविजेता बलिथुम युवा क्लव र शुभविहानी बलिथुम तृतीय भएका थिए ।


महोत्सवमा ब्याडमिन्टन, रसी तान्ने, भाले छोपाई, लङजम्प, घैटो फोड, म्युजिकल चियर, स्लो बाईक रेस, दौड, नृत्य प्रतियोतिा, बेलुन फुटाई लगायतका प्रतियोगिता आयोजना गरिएको थियो । साथै निर्माता तिलक गाहाले बनाएको जुभूङ्ग संगै गुल्मीको विभिन्न स्थानमा छायांकन गरिएको गुल्मेली दाई चलचित्रको च्यारिटी शो समेत गरिएको थियो ।

यो पनि पढ्नुस्

गुल्मीमा सम्पन्न तेस्रो पटकको पुलचोक कपको उपाधि पनि आफ्नो पोल्टामा पार्दै सिद्धबाबाको ह्याट्रिक

टोपलाल अर्यालगुल्मी, १४ साउन । गुल्मीको तम्घासमा संचालन भएको तेस्रो पुलचोक कप फुटवलको उपाधि सिद्धबाबा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D