gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

नेपालद्वारा सिङ्गापुर पराजित

काठमाडाैं, असार २० । एसिसी यु–१९ पूर्वी क्षेत्र (इस्टर्न रिजन) क्रिकेट प्रतियोगितामा नेपालले सिङ्गापुरलाई पराजित गर्दै समूह ‘ए’ को विजेता बनेको छ।

मलेशियाको क्वालालम्पुरस्थित किनारारा ओभल क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले सिङ्गापुरलाई २१७ रनको भारी अन्तरले पराजित गर्दै समूह ‘ए’को विजेताका रुपमा सेमिफाइनलमा प्रवेश ग-यो। पराजित सिङ्गापुर पनि समूह ‘ए’को उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

समूह ‘ए’ मा नेपालसहित सिङ्गापुर र चीन छन्। यसअघि भएको पहिलो खेलमा नेपालले चीनलाई र सिङ्गापुरले पनि चीनलाई नै पराजित गरेको थियो। दुई खेल खेलेको चीन दुवै खेलमा पराजय भोग्दै प्रतियोगिताबाट बाहिरिएको थियो। टस जितेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभर पूरै खेल्दै चार विकेटको क्षतिमा ३२६ रनको योगफल बनाएको थियो। नेपालका लागि रित गौतमले सर्वाधिक ११५ रनको योगदान दिए।

एकसय ३७ बल खेलेका उनले एक छक्का र १० चौका प्रहार गर्दै अविजित ११५ रन जोडेका हुन्। त्यसैगरी खडक बोहोराले ९० रनको योगदान दिँदा कुशल मल्लले अविजित ५१ तथा पवन सर्राफले ४५ रन जोडे। बलिङतर्फ सिङ्गापुरका प्रणव सुदर्शन राजेश कृष्णन र भिनित चितेस मेहेताले समान दुई/दुई विकेट लिए। तीनसय २७ रनको विजय लक्ष्य बोकेर मैदान उत्रेको सिङ्गापुर ३९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै जम्मा १०९ रनमा समेटियो।

सिङ्गापुरका लागि हरि कुकरेजाले सर्वाधिक ३० रनको योगदान दिए। यस्तै कन्नुस्वामी सतिशले २४ रन तथा चन्द्रमाउली श्रीदेवले २३ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन्। सिङ्गापुरलाई सस्तैमा समेट्नेक्रममा नेपालका कुशल मल्ल एक्लैले चार विकेट लिए भने तिलक राजभण्डारीले दुई तथा रशिद खान र सागर ढकालले समान एक/एक विकेट झारे।

उक्त प्रतियोगिताको विजेता टोली आगामी अगस्ट/सेप्टेम्बरमा श्रीलङ्कामा आयोजना हुने भनिएको यु–१९ एशिया कपका लागि छनोट हुनेछ। -रासस

यो पनि पढ्नुस्

गुल्मीमा सम्पन्न तेस्रो पटकको पुलचोक कपको उपाधि पनि आफ्नो पोल्टामा पार्दै सिद्धबाबाको ह्याट्रिक

टोपलाल अर्यालगुल्मी, १४ साउन । गुल्मीको तम्घासमा संचालन भएको तेस्रो पुलचोक कप फुटवलको उपाधि सिद्धबाबा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D