gulminews logo
शुक्रबार, २०८१ बैशाख २१

धुर्कोटमा ३५ हजार राशिको भलिबल खेल हुँदै

हुमाकान्त पोखरेल
गुल्मी, १७ चैत । गुल्मीको धुर्कोट गाउँपालिकामा ३५ हजार राशिको भलिबल प्रतियोगिता हुने भएको छ । गाउँपालिकाको वडा नम्बर ६ रजस्थलमा रहेको इन्दिरा युवा क्लवको ११ औँ बार्षिकोत्सवको आयोजना तथा धुर्कोट गाउँपालिकाको प्रवर्द्दनमा भलिबल प्रतियोगिता हुने भएको हो ।

प्रतियोगितामा दोस्रो हुनेलाई २५ र तेस्रो हुनेलाई १० हजार प्रदान गरिने क्लवका सचिव कृष्ण केसीले जानकारी दिए । प्रथम, द्धितिय र तृतिय हुनेलाई कप, मेडल र प्रमाणपत्र पनि प्रदान गरिने केसीले जानकारी दिए । प्रतियोगितालाई ‘शहिद शमशेर बहादुर खत्री स्मृती कप’ नाम दिइएको छ । खेलमा गुल्मी जिल्लाबाट मात्रै सहभागिता जनाउन सकिने केसीले बताए ।

क्लवले बार्षिकोत्सवको अवसरमा माध्यमिक विद्यालयस्तरिय हाजिरीजवाफ प्रतियोगिता, स्लो बाइक रेस, खुल्ला नृत्य प्रतियोगिता, रस्साकस्सि प्रतियोगिता तथा महिलाहको लागि चम्चा दौड प्रतियोगिता संचालन गरिने क्लवले जनाएको छ । चैतको २६, २७ र २८ गते संचालन हुने कार्यक्रममा अन्य प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेलाई नगद र सम्मान पत्र प्रदान गरिने क्लवले जनाएको छ ।

यो पनि पढ्नुस्

गुल्मीमा सम्पन्न तेस्रो पटकको पुलचोक कपको उपाधि पनि आफ्नो पोल्टामा पार्दै सिद्धबाबाको ह्याट्रिक

टोपलाल अर्यालगुल्मी, १४ साउन । गुल्मीको तम्घासमा संचालन भएको तेस्रो पुलचोक कप फुटवलको उपाधि सिद्धबाबा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D