gulminews logo
सोमबार, २०८१ जेष्ठ ७

जिल्ला स्तरिय छनौट खेलमा जम्मा ६ बिद्यालय, अन्य बिद्यालय भन्छन् ढिलो थाहा पाइयो

सन्तोष महतारा
गुल्मी, जेठ ०३ । गुल्मी जिल्लामा यतिबेला जिल्ला स्तरिय खेलकुद छनौट प्रतियोगिता संचालन भइरहेको छ । जिल्ला स्तरिय छनोट प्रतियोगिता भनेपनि गाउँका विद्यालयहरुको भने सहभागिता छैन । प्रतियोगितामा जम्मा ६ वटा विद्यालयको मात्र सहभागिता रहेको जिल्ला खेलकुद विकास समिति अध्यक्ष कृष्ण प्रसाद भण्डारीले बताउनुभएको छ ।

जिल्लाका १२ स्थानिय तह मध्य रेसुङ्गा नगरपालिका बाहेक जम्मा दुई वटा स्थानिय तहको मात्र प्रतिनिधित्व गर्दे दुई विद्यालय उपस्थित छन् । गुल्मीदरबार गाउँपालिका र चन्द्रकोट गाउँपालिका बाहेक अन्यत्रका कुनै पनि विद्यालय सहभागि छैनन् ।

प्रतियोगितामा सदरमुकाम तम्घासका ३ बिद्यालय सहभागी छन् जसमा सिद्धबाबा मावि, महेन्द्र नमुना मावि र अर्जुन आवासिय मावी रहेका छन् । सदरमुकाम बाहिरबाट भने रेसुङ्गा नगरपालिकाको भाडगाउँ मावी, ज्ञानोदय माध्यमिक विद्यालय चन्द्रकोट र ग्रिन वर्ल्ड इङ्लिस बोर्डिङ स्कुल गुल्मीदरबार मात्र रहेको जिल्ला खेलकुद विकास समिति गुल्मीले जानकारी दिएको छ ।

जिल्लामा जारी उप-राष्ट्रपति चिल्ड्रेन गेम जिल्ला स्तरिय छनौट प्रतियोगितामा ग्रामिण भेगका विद्यालयको उपस्थिति नभएको जिल्ला खेलकुद विकास समिति अध्यक्ष भण्डारीले बताउनुभएको छ ।

मालिका गाउँपालिका जिल्लामै पछाडी परेको गाउँपालिका हो । गाउँपालिकामा १० वटा माध्यमिक विद्यालय मात्रै छन् । तर कुनै विद्यालयको सहभागि छैन । मालिका गाउँपालिकाले सुचना ढिलो आएर विद्यालयमा खबर नै पुराउन नसकेको जानकारी दिएको छ । जिल्लामा प्रायजसो विद्यालयमा छनौट प्रतियोगिता बारे कुनै जानकारी छैन ।

मदाने गाउँपालिकाबाट पनि कुनै विद्यालय छनौट प्रतियोगितामा सहभागि भएनन् । मदाने गाउँपालिकाका सुचना अधिकारी ऋषि पोखरेलले गाउँपलिकामा सुचना ढिला आएर खेलाडी सहभागि गराउन नसकेको जानकारी दिनुभएको छ । “सुचना समयमा नै आउनुपर्छ”, उनले भने, “सुचना खेल हुने दिन आउँछ, कसरी खेलाडी सहभागि गराउन सकियोस?’

प्रतियोगितामा मुसिकोट नगरपालिका, इस्मा गाउँपालिका, धुर्कोट गाउँपालिका, कालीगण्डकी, सत्यवति र रुरुगाउँपालिकाका कुनै पनि विद्यालयको छनौट प्रतियोगितामा सहभागि छैन ।

जिल्ला खेलकुद विकास समिति अध्यक्ष भण्डारीले गाउँका विद्यालयलाई पत्राचार गरेको तर उपस्थित कम हुँदा दुख लागेको बताउनुभयो । उहाँले जिल्लालाई प्रदेशले पनि पत्र ढिला पठाएको र गाउँमा पनि हतारहतार पत्रचार गर्दा उपस्थित हुन नसकेको हुन सक्ने धारणा राख्नुभयो ।

जिल्लाले एथ्लेटिक्स छात्रछात्रा, कबडी छात्र, टेवलटेनिस छात्रछात्रा, तेक्वान्दो छात्रछात्रा र कराँते छात्रछात्रमा १८ जना खेलाडी छनोट गरी प्रदेश छनौट प्रतियोतिामा लैजाने कार्यालय प्रमुख डिल्ली विश्वकर्मा बताउनुभयो ।

जिल्लाबाट छनोट भएका खेलाडीहरु प्रदेश छनोटमा सहभागि हुने छन् । प्रदेशको छनोट प्रतियोगिता प्यूठानको बिजूवारमा संचालन हुने छ ।

यो पनि पढ्नुस्

गुल्मीमा सम्पन्न तेस्रो पटकको पुलचोक कपको उपाधि पनि आफ्नो पोल्टामा पार्दै सिद्धबाबाको ह्याट्रिक

टोपलाल अर्यालगुल्मी, १४ साउन । गुल्मीको तम्घासमा संचालन भएको तेस्रो पुलचोक कप फुटवलको उपाधि सिद्धबाबा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D