gulminews logo
मंगलवार, २०८१ बैशाख ११

जिल्ला खेलकुद विकास समितिक गुल्मीको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

सन्तोष महतारा
गुल्मी, ०४ भदौ । गुल्मीमा खेलकुद विकास समितिकाे नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको छ । जिल्ला खेलकुद विकास समितिकाे कार्यालय तम्घासमा निवर्तमान कार्यसमिति बिदा भई नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको कार्यालय प्रमुख डिल्ली विश्वकर्माले जानकारी दिए । उनका अनुसार अनुसार नवनियुक्त कार्यसमितिलाई स्वागत र निवर्तमान कार्यसमितिलाई बिदाई गरिएको हो ।

स्वागत तथा बिदाई कार्यक्रममा प्रमुख अतिथि प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य तथा जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद भण्डारीले खेलकुदकाे क्षेत्रमा विकास गर्न सदैव हातेमालाे गर्ने बताए । केन्द्र प्रदेश र स्थानीय सरकारबाट छलफल गरेर बजेट विनियोजन गरि खेलकुदको विकास अपरिहार्य भएको भन्दै उनले नयाँ कार्यसमितिलाई बधाई तथा सफलताको शुभकामना दिएका थिए । उनले आफू नेतृत्वमा रहेर काम गरिरहँदा जिल्लाकाे खेलकुद क्षेत्रमा उल्लेखनीय विकास भएको दाबी गरे ।

गत साउन २६ गते जिल्ला खेलकुद विकास समिति गुल्मीमा मनाेज काउछा नेतृत्वकाे कार्यसमिति बनेको थियो । नवनियुक्त अध्यक्ष काउछाले धेरै समय पछि नयाँ समिति गठन भएको भन्दै खेलकुदकाे क्षेत्रमा विकास गरिने प्रतिबद्धता ब्यक्त समेत गरेका छन् । समितिका निवर्तमान काेषाध्यक्ष कृष्ण विश्वकर्माले खेलकुद विकास समिति कार्यालयलाई धन्यवाद ब्यक्त गरे । उनले अनुभवी र गुल्मीकाे खेलकुदकाे क्षेत्रमा विकास गर्नुपर्छ भन्ने भावना भएकाे नेतृत्व भएकोले खुसी लागेको बताएका थिए ।

जिल्लाको सबै क्षेत्र वा भेगबाट र स्वंम खेलाडी कार्यसमिति भएकाेले नयाँ कार्यसमितिबाट खेलकुदको विकास हुने निवर्तमान काेषाध्यक्ष विश्वकर्माले बताएका थिए । आर्थिक, सााजिक र सबै क्षेत्रबाट पछि रहेका केही देशले खेलकुदकाे क्षेत्रबाट प्रगति गरेकाे भन्दै राज्यले बजेट छुट्टाएर खेलकुदकाे विकास गर्न आवश्यक रहेको राष्ट्रिय युवा परिषद् गुल्मीका अध्यक्षले बताए । शुभकामना मनतब्य राख्दै नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिति गुल्मीका सदस्य रमेश विश्वकर्माले अघिल्लो कार्यसमितिले जस्तै यस कार्य समितिले पनि उल्लेखनीय काम गर्ने विश्वास ब्यक्त गरेका थिए।

कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डिल्ली विश्वकर्माले निवर्तमान कार्यसमितिकाे कार्यकालमा गुल्मीमा खेलकुदकाे भाैतिक संरचनामा उल्लेखनीय काम भएको बताए । राष्ट्रिय तथा प्रदेश स्तरीय खेलमा पनि गुल्मीबाट सहभागी भई प्रथम, द्वितिय तथा तृतीय भएर फर्किन सफल भएको उनले बताए । कार्यालय प्रमुख विश्वकर्माले कार्यसमितिले खेलकुदकाे वार्षिक कार्यतालिका बनाएर खेलकुदकाे विकास गर्न आवश्यक रहेको प्रतिक्रिया दिए । कार्यक्रममा निवर्तमान सदस्य तथा वर्तमान कार्यसमितिका काेषाध्यक्ष महेश काउछाले स्वागत मनतब्य राखेका थिए ।

गत साउन २६ गते नियुक्त गरिएको समितिको अध्यक्षमा मनाेज काउछा, उपाध्यक्ष कृष्ण थापा, काेषाध्यक्ष महेश काउछा, सदस्यहरूमा ओसन काउछा, नवराज विक, ईश्वर विक, राजन काउछा, यमुना श्रीस र गीता भुसाल रहेका थिए । यसअघि गुल्मीमा कृष्ण प्रसाद भण्डारीकाे नेतृत्वमा जिल्ला खेलकुद विकास समितिकाे कार्यसमिति रहेको थियो ।

यो पनि पढ्नुस्

गुल्मीमा सम्पन्न तेस्रो पटकको पुलचोक कपको उपाधि पनि आफ्नो पोल्टामा पार्दै सिद्धबाबाको ह्याट्रिक

टोपलाल अर्यालगुल्मी, १४ साउन । गुल्मीको तम्घासमा संचालन भएको तेस्रो पुलचोक कप फुटवलको उपाधि सिद्धबाबा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D