Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
छात्रा भलिबलमा पाञ्चायन माविको वर्चश्व कायमै, छात्रा खेलमा उत्कृष्ट प्रर्दशन - Gulminews

छात्रा भलिबलमा पाञ्चायन माविको वर्चश्व कायमै, छात्रा खेलमा उत्कृष्ट प्रर्दशन

हुमाकान्त पोखरेल
गुल्मी, २४ असार । धुर्कोट गाउँपालिका ४ जैसिथोकस्थित पाञ्चायन माध्यमिक विद्यालय जिल्ला स्तरिय छात्रा भलिबल प्रतियोगितामा प्रथम भएको छ । जिल्ला खेलकुद विकास समितिद्धारा आयोजित १० औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सोमबार भएको फाइनल खेलमा मुसिकोट नगरपालिकाको त्रिभुवन माविलाई हराउदैँ पाञ्चायन मावि प्रथम भएको हो ।

पाञ्चायन माविका तर्फबाट मिना पोखरेल उत्कृष्ठ खेलाडी समेत घोषण भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । पाञ्चायन माविले विगत केहि बर्षयता छात्रा भलिबल प्रतियोगितामा वर्चश्व कायम गरेको छ । जसअनुसार ०७५ सालको राष्ट्रपति रनिङ शिल्डमा द्धितिय भएको थियो । भने ०७३ र ०७४ सालमा दुईबर्ष नै प्रथम भएको थियो । यस बर्षको रनिङ शिल्डमा पाञ्चायन माविले भलिबलसहित विभिन्न पाँच खेलमा पुरस्कार जितेको छ ।

जसअन्तरगत छात्रा लङजम्पमा सन्तोषी कुँवर प्रथम भएकी छन् । त्यस्तै छात्रा सर्टफुटमा सम्झना कुँवर दोस्रो, छात्र व्याब्लिङमा भुपाल राना तेस्रो, रिले दौड र छात्रा कबड्डिमा पनि विद्यालयले तेस्रो स्थान हासिँल गर्न सफल भएको विद्यालयका खेल शिक्षक ऋषिराम पाण्डेले जानकारी दिए ।
५ खेलाडी प्रदेशमा

खेलकुद विकास समितिद्धारा संचालित यस खेलबाट पाचँजना खेलाडी पाञ्चायन माविबाट प्रदेशका लागि छनोट भएका छन् । भलिबल खेलमा मिना पोखरेल, सम्झना कुँवर, निर्मला पोखरेल र करिश्मा नेपाली गरी चार खेलाडी छनोट भएका छन् । कबड्डि खेलमा सम्झना कुँवर तथा छात्रा लङजम्पमा सन्तोषी कुँवर प्रदेशस्तरिय प्रतियोगिताको लागि छनोट भएको विद्यालयका प्रध्यानाध्यापक कृष्णचन्द्र पन्थीले जानकारी दिए ।

यो पनि पढ्नुस्

गुल्मीमा सम्पन्न तेस्रो पटकको पुलचोक कपको उपाधि पनि आफ्नो पोल्टामा पार्दै सिद्धबाबाको ह्याट्रिक

टोपलाल अर्यालगुल्मी, १४ साउन । गुल्मीको तम्घासमा संचालन भएको तेस्रो पुलचोक कप फुटवलको उपाधि सिद्धबाबा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D