gulminews logo
मंगलवार, २०८० चैत्र ६

छत्रकोटमा आयोजित क्रिकेट प्रतियोगिताको उपाधी रुपाकोट स्पोर्टस क्लबलाई

सन्जु काउछा
मंसिर १३ । खर्ज्याङ्ग युथ क्लब (KYC) ले आयोजना गरेको प्रथम खुल्ला क्रिकेट प्रतियोगिताको उपाधी रुपाकोट स्पोर्टस क्लब, चन्द्रकोट ७ ले उचालेको छ । गत बुधवार सम्पन्न प्रतियोगिताको फाईनलमा अल फ्रेण्ड्स क्लब, रुरु क्षेत्र रिडीलाई हराउँदै रुपाकोले उपाधी उचालेको हो ।

छत्रकोट गाउँपालिका ८ स्थित स्याण्डी चौर खेलमैदानमा सम्पन्न प्रतियोगितामा कुल १६ टिमले प्रतिस्पर्धा गरेका थिए । रुपाकोट स्पोर्टस क्लब प्रथम र अल फ्रेण्ड्स क्लब दोस्रो भएको प्रतियोगितामा अर्घाखाँचीको पाली क्रिकेट क्लबले भने तेस्रो स्थानमै चित्त बुझाउनु परेको थियो । विजेता, उपविजेता र तेस्रो स्थान हासिल गर्ने टिमलाई क्रमश: १५ हजार रुपैँया, ८ हजार रुपैँया र ४ हजार रुपैँया नगद पुरस्कारका अलावा मेडल र प्रमाणप्रत्र प्रदान गरिएको थियो । खेलको समापन क्रार्यक्रममा विशिष्ट अतिथि छत्रकोट ने.क.पा का अध्यक्ष राम प्रसाद पान्डे तथा प्रमुख अतिथि छत्रकोट ५ का वडाध्य्क्ष कृष्ण प्रसाद पन्तले पुरस्कार बितरण गर्का थिए ।

रुपाकोटले प्रतियोगितामा दुविचौर क्रिकेट क्लब तम्घासलाई २५ रनले पराजीत गर्दै पहिलो जित दर्ता गरेको थियो । १२ ओभरमा ७७ रनको टार्गेट दिएर रूपाकोट क्रिकेट क्लबले दुबिचौरलाई २५ रनले पराजीत गरेको थियो । पहिलो खेलमा रुपाकोटका बिबेक भण्डारी “म्यान अफ द म्याच” बन्न सफल भएका थिए ।

त्यस्तै दोस्रो खेलमा रुपाकोटले दिगाम क्रिकेट क्लबलाई ३२ रनले पराजित गर्दा रुपाकोटकै सागर छेत्री म्यान अफ द म्याच घोषित भए । दोस्रो खेलमा रुपाकोटले दिगामलाई ६६ रनको टार्गेट दिएको थियो । उता सेमिफाइनलमा अर्घाखाँचीको पाली क्रिकेट क्लबमाथी ८ विकेटको जित हाँसिल रुपाकोटले फाईनल स्थान पक्का गरेको हो । सेमिफाईनलमा रुपाकोटकै प्रज्वल भण्डारी म्यान अफ द म्याच घोषित भएका थिए । प्रतिगोगिताको फाईनलमा रुरु क्षेत्र रिडीको अल फ्रेण्ड्स क्लबलाई ६ रनले हराउँदै उपाधी उचालेको हो । फाइनलमा पनि रुपाकोका प्रज्वल भण्डारी नै उत्कृष्ट खेल प्रदर्शन गर्दै म्यान अफ द म्याच बन्न सफल भएका थिए ।

यो पनि पढ्नुस्

गुल्मीमा सम्पन्न तेस्रो पटकको पुलचोक कपको उपाधि पनि आफ्नो पोल्टामा पार्दै सिद्धबाबाको ह्याट्रिक

टोपलाल अर्यालगुल्मी, १४ साउन । गुल्मीको तम्घासमा संचालन भएको तेस्रो पुलचोक कप फुटवलको उपाधि सिद्धबाबा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D