गुल्मी, असार ५ । जिल्लाको चन्द्रकोट गाउँपालीकामा प्रथम राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । “राष्ट्रिय गौरब तथा स्वस्थ नागरिकको लागि खेलकुद” भन्ने नाराको साथ प्रतियोगिता बिहीवार शान्तिपुरमा शुरु भएको हो ।
चन्द्रकोट गाउँपालीका अन्तर्गत १८ वटा बिद्यालयहरुको सहभागिता रहेको राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता ६ गते सम्म चल्ने छ ।
शान्तिपुर स्थित चक्रेश्वर इंलिस बोडिङ स्कुल र उदय माबिमा चलिरहेको प्रतियोगिताको उद्धघाटन समारोहको अध्यक्षता गाउँपालीका अध्यक्ष द्रोण खत्रीले गर्नुभएको थियो ।
प्रतियोगितामा छात्रछात्रा भलिबल, बिभिन्न दुरीका दौड, हाजिरिजवाफ, हाइजम्प, लङजम्प लगायतका बिभिन्न खेलमा प्रतिस्पर्घा हुनेछ ।