gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

घर-घरमै पानी आएपछि स्थानीय खुशी, १०८ घरधुरीमा खानेपानीको धारा

हुमाकान्त पोखरेल
१४ पौष, गुल्मी । गुल्मीको रुरु गाउँपालिका वडा नम्बर ४ र ५ का एक सय आठ घरधुरीमा खानेपानीको धारा पुगेको छ । घरमा धारा पुगेसँगै पाचँ सय ५९ जना लाभाम्बित भएका छन् । ‘बलेटक्सार लिफ्टिङ खानेपानी तथा सरसफाई आयोजना’ले घरघरमै धारा पु¥र्याउन सफल भएको हो ।

‘एक घर एक धारा’ को शुक्रबार चीनका लागि नेपाली राजदुत तथा नेपाल सरकारका पुर्व मुख्यसचिव लिलामणी पौडेलले उद्घाटन गरे । घरमै धारा आएसँगै स्थानीयलाई घण्टौ लगाएर पानी ल्याउनुपर्ने बाध्यताको अन्त्य भएको छ । ‘धारा नहुँदै एक गाग्रो पानी लिन एक घण्टाभन्दा बढी लाग्थ्यो, घरमा अरु केहि पनि काम गर्न पाइने थिएन ।’ विगत सम्झदै रुरु ४ की माया खत्रीले भनिन्, ‘अहिले धेरै सहज भएको छ ।’ त्यसका साथै उनले घरमै पानी आउन थालेपछि आफूले तरकारी खेति लगायतका ब्यवसाय गर्न सुरु गरेको समेत बताइन् ।

अर्का उपभोक्ता कृष्णप्रसाद पौडेलले पनि घर–घरमै धारा आउनुले आफूहरु भाग्यमानि रहेको प्रतिक्रिया दिए । लामो समयसम्म भारतमा मजदुरी गरेका पौडेलले त्यहाँ उपल्लो तलासम्म पानी जाँदा आफ्नो गाउँको खानेपानीको अभाव सम्झने गरेको बताए । ‘विदेशमा मजदुरी गर्दा हाम्रो गाउँमा सपना हो जस्तो लाग्थ्यो ।’ उनले भने, ‘तर अहिले सपना विपनामा परिणत भएको छ ।’

एक बर्षमा आयोजना सम्पन्न
योजना आर्थिक बर्ष २०७३÷७४ मा सर्वेक्षण भई ०७४/७५ मा सम्पन्न भएको हो । आयोजनाका सचिव किसन पाण्डेले सबैको साथ र सहयोगले गर्दा एक बषै आयोजना सम्पन्न गर्न सफल भएको बताए । योजनाको लागि खानेपानी तथा सरसफाई डिविजन कार्यालय गुल्मीले ९१ लाख ६१ हजार ३२ रुपैँया ८० पैसा विनियोजन गरेको कार्यालयका इन्जिनियर प्रकाश न्यौपानेले जानकारी दिए ।

जनश्रमदान २४ लाख ८५ हजार तिन सय ७९ रपैँया ७४ पैसा गरी कुल एक करोड १६ लाख ४६ हजार चार सय १२ रुपैँया ५४ पैसामा आयोजना सम्पन्न भएको हो । कार्यक्रमको अवसरमा गाउँमै खानेपानी ल्याउन महत्पवूर्ण भूमिका खेलेको भन्दै खड्काटोलले युवानेता तथा ५ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालका स्वकिय सचिव यदु ज्ञवाली र स्थानीय समाजसेवी भोजराज गौतमलाई सम्मान गरेका छन् ।

त्यस्तै योजना सम्पन्न गराउन निशुल्क जग्गा दिने जग्गादातालाई पनि आयोजनाको तर्फबाट सम्मान गरिएको छ । जसमा तारा बहादुर खड्का, इन्द्रकला ज्ञवाली, शम्भु प्रसाद पौड्याल, सितादेवी खत्री, दुर्गाप्रसाद ज्ञवाली, विष्णु प्रसाद ज्ञवाली र जमुना ज्ञवाली रहेका छन् । त्यस्तै खानेपानी आयोजनालाई बजेट उपलब्ध गराउन सहयोग गरेको भन्दै चिनका लागि नेपाली राजदुत तथा नेपाल सरकारका पूर्व मुख्यसचिव लिलामणी पौड्याल र रुरु गाउँपालिका अध्यक्ष निलकण्ठ गौतमलाई मायाको चिनो तथा सम्मान पत्रले सम्मान गरिएको छ ।

कार्यक्रमा बोल्दै प्रमुख अतिथि समेत रहेका पौडेलले घरघरमै आएको पानीको धारालाई उत्पादनसँग जोडि आत्मनिर्भर बन्न आग्रह गरे । ‘पानी थिएन, आयो, अब भौतिक सुख होइन, खुसि खोज्नुपर्छ ।’ उनले भने, ‘पानीलाई उत्पादनसँग जोडौँ आत्मनिर्भर बनौँ ।’

यो पनि पढ्नुस्

रेसुङ्गा विमानस्थलको निर्माणको काम डेढ महिना भित्र सम्पन्न गर्ने लक्ष्य, ८० प्रतिशत काम सकियो

अनिल खत्रीगुल्मी, २९ मंसिर । गुल्मी जिल्लाको सिमीचौरमा रेसुङ्गा विमानस्थल निर्माणको कार्यले गति लिन थालेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D