gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

गुल्मी मालिका मेलाको भलिबल उपाधी गलकोटलाई, दोहोरी च्याम्पियन बिजेताले धमाका मच्चाए

सुरज भट्टराई
गुल्मी, मंसिर ०३ । सातौ मालिका पूर्णिमा मेला कुर्घामा बिहीबार सम्पन्न भएको छ । मेलामा सम्पन्न भलिबल प्रतियोगितामा गलकोट नगरपालिका बडा नं ५ ले प्रथम स्थान हासिल गरेको छ भने तिरीमिरी रेष्टुरेन्ट मु.न.पा ६ काप्रेले द्वितीय स्थान हासिल गरेको छ । खेलमा जम्मा १६ टिमको सहभागिता रहेको थियो ।

खेलमा प्रथम हुने टिमले छपन्न हजार रुपैँया, कप मेडल र प्रमाणपत्र पुरस्कार हात पारेको छ भने द्वितीय हुने टिमले छत्तिस हजार रुपैँया नगद, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । त्यसैगरि बिधागत तर्फ बेस्ट स्पाईकर गलकोटका रिजन राना र अनुशासित तिरीमिरीका खेलाडि राजन सुनार घोषित भएका छन् । गलकोटका खेलाडी प्रकाश सुनार सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

बिहीबार एक औपचारिक सासँकृतिक कार्यक्रमका साथ भलिबल प्रतियोगिताको फाइनल समापन भएको हो । कार्यक्रममा मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाको प्रमुख आतिथ्यता थियो । सापकोटाले आफुहरू निर्वाचित भइसकेपछि मालिकाको बिकासको निम्ती थुप्रै काम गरेको र अबका हरेक कार्यमा नगरपालिका सहयोग गर्न पछि नहट्ने बताउनुभएको थियो । त्यसैगरि बिभिन्न अतिथि, पत्रकार, सुरक्षाकर्मी, राजनीतिज्ञ, ब्यापारी, खेलाडी र भक्तजनको उपस्थिती रहेको थियो । मेलाको प्रमुख आकर्षण रूपमा दोहोरी च्याम्पियन प्रकाश पराजुली , मिना बुढाथोकी र लोकतथा दोहोरी गाएक सन्तुथापा हुनुहुनथ्यो। कलाकारको प्रस्तुतीले मालिकाको माहोल तातेको थियो ।

मालिकाको चौतर्फी विकास र यस मन्दिर को प्रचारप्रसार को लागि मेलाको आयोजना गरिएको मालिका पुर्णिमा मेलाक सचिव सुनिल सिंह ठकुरिले जानकारी दिनुभयो । यो सातौ मेला भएपनि आगामी बर्षमा पनि यो मेलालाई निरन्तरता दिईरहने बताउनुभयो । हरेक बर्ष कार्तिक शुक्ल पुर्णिमा तथा बैकुण्ठ चतुर्दशी को अबसर मालिकामा बिशेष मेला लाग्ने गर्छ । गुल्मी,पाल्पा, बागलुङ, प्युठान आदि जिल्लाबाट भक्तजन दर्शन गर्न मालिका आउने गर्छन । बिहीबार दर्शनार्थीको घुँईचो लागेको थियो । दिउँसभरी मालिकामा दर्शन गरी राती भजनकृतन गरी बिहान उठेर नुहाई चिच्चाएर बरमाग्ने चलन छ ।

यो पनि पढ्नुस्

गुल्मीमा सम्पन्न तेस्रो पटकको पुलचोक कपको उपाधि पनि आफ्नो पोल्टामा पार्दै सिद्धबाबाको ह्याट्रिक

टोपलाल अर्यालगुल्मी, १४ साउन । गुल्मीको तम्घासमा संचालन भएको तेस्रो पुलचोक कप फुटवलको उपाधि सिद्धबाबा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D