gulminews logo
बिहीबार, २०८१ बैशाख १३

गुल्मी दरबारमा भलिवल प्रतियोगिता सम्पन्न, महिला पुरुष गरी ३० टिम सहभागी

गुल्मी, पुष ०५ । गुल्मीमा सिर्जनशिल युवा क्लब गुल्मीदरवार २ जुभुङ्ग उर्लाकोटले आयोजना गरेको प्रथम महिला भलिबल र साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ । वडामै पहिलो पटक आयोजना गरिएको महिला भलिबल तर्फ कुल ७ टिम सहभागी थिए । प्रतियोगितामा न्यु नमुना युवा समुह लिम्घा बिजेता बन्न सफल रह्यो भने जय हिमालयन युवा क्लब बलिथुम रैनादीले उपबिजेतामै चित्त बुझाउन वाध्य भयो । बिजेतालाई ५ हजार रुपैँया र उपबिजेतालाई २ हजार ५ सय रुपैँया नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै सहभागी सबै महिला टिमलाई प्रोत्साहन स्वरुप १ हजार ५ सय रुपैँया नगद प्रदान गरिएको थियो ।

वडाकै पहिलो महिला भलिबल प्रतियोगिता भएकाले राति ९:०० बजे देखि सुरु भएको खेलमा पनि स्थानिय लगायतको दर्शकको उल्लेख्य उपस्थिति रहेको थियो ।

त्यसैगरी पुरुष भलिबल प्रतियोगिता तर्फ जिल्लाभरका कुल २३ टिम सहभागी थिए । सहभागी टिमहरु मध्य चन्द्रकोट-८ गेखुङको एक्टिभ युवा क्लबले प्रथम स्थान हासिल गर्न सफल भयो भने आयोजक सिर्जनशिल युवा क्लब जुभुङ उर्लाकोट र सोही वडाकै जय भैरब युवा क्लब हुल्टुङले दोस्रो र तेस्रो स्थानमा चित्त बुझाउनु पर्यो । प्रथम, दोस्रो र तेस्रो हुने टिमहरुलाई क्रमश २२ हजार ५ सय रुपैँया, १२ हजार ५ सय रुपैँया र ७ हजार ५ सय रुपैँयाका नगदका साथ ट्रफी मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै प्रतियोगितामा क्रियटिभ युवा क्लब अनुशासित टिम, जय भैरब युवा क्लबका खेलाडी रमेश रास्कोटी उत्कृष्ट खेलाडी र एक्टिभ युवा क्लबका विशाल सुनारले उत्कृष्ट स्पाइकरको पुरस्कार हात पार्न सफल भएका थिए ।

३ दिन चलेको प्रतियोगिताको फाइनल शनिवार राति १०:३० बजे सकिएको हो । वडामै पहिलो पटक रातिमा सञ्चालन गरिएको उक्त प्रतियोगिता रातिमा सञ्चालन गर्नका लागि लाईटको राम्रो व्यवस्था गरिएकोले नयाँ प्रयोग सफल भएको आयोजकले जानकारी दिए ।

सभापती केशर सिंह सारु र प्रमुख अतिथी वडाध्यक्ष हरिहर गौतम रहनु भएको कार्यक्रम सञ्चालन विजय सारुले गरेका थिए । प्रतियोगिताको विचविचमा साँस्कृतिक कार्यक्रम पनि रहेको थियो । उक्त कार्यक्रम सफल बनाउनका लागि देश विदेशमा बस्नुहुने समाजसेवि तथा खेलप्रमीहरुले सहयोग गर्नुभएको खेल संयोजक प्रदिप रास्कोटीले गुल्मीन्युज डट कमलाई जानकारी दिनुभयो ।

यो पनि पढ्नुस्

गुल्मीमा सम्पन्न तेस्रो पटकको पुलचोक कपको उपाधि पनि आफ्नो पोल्टामा पार्दै सिद्धबाबाको ह्याट्रिक

टोपलाल अर्यालगुल्मी, १४ साउन । गुल्मीको तम्घासमा संचालन भएको तेस्रो पुलचोक कप फुटवलको उपाधि सिद्धबाबा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D