gulminews logo
शुक्रबार, २०८० चैत्र १६

गुल्मी जुभुङमा भलिबल प्रतियोगिता आयोजना, विजेतालाई साढे २५ हजार रुपैँया पुरस्कार

गुल्मी, २८ मंसिर । सिर्जनशिल युवा क्लब गुल्मीदरवार २ जुभुङ्गले साविक वडा स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको छ । गुल्मीदरवार २ जुभुङ्ग, उर्लाकोट स्थित खेल मैदानमा प्रतियोगिता सञ्चालन हुन लागेको हो ।

यहि पौष १ देखि ४ गते सम्म सञ्चालन हुने प्रतियोगिताको पुरुष तर्फको प्रथम पुरस्कार रु.२२ हजार ५ सय र महिला तर्फको प्रथम पुरस्कार रु.५ हजार राखिएको छ। त्यसै गरि पुरुष तर्फ दोस्रो रु.१२ हजार ५ सय र महिला तर्फ रु.२ हजार ५ सय राखिएको छ। भने पुरुष तर्फ तेस्रो पुरस्कार रू.७ हजार ५ सय राखिएको छ।साथमा ट्रफी,मेडल र प्रमाणपत्र पनि प्रदान गरिने आयोजकले जनाएको छ।

पुरुष तर्फ २ हजार ५ सय दर्ता शुल्क तोकिएको छ भने महिला तर्फ नि:शुल्क दर्ताको व्यवस्थाका साथ टाढा बाट आउने महिला टिमका लागि विशेष सहुलियतको व्यवस्था गरीएको आयोजकले जानकारी दिएको छ । टि.टि. सिस्टममा खेलाईने प्रतियोगितामा प्रशिक्षक सहित ८ जना हुनुपर्ने र प्रतियोगितामा सहभागी हुन ईच्छुक क्लब, टिम वा समुहका लागि पौष १ गते १० बजे सम्म दर्ता खुल्ला राखिएको छ।

खेलकुद प्रति महिलाहरुको चासो र प्रोत्साहनका लागि वडामै पहिलो पटक पुरुषको साथै महिला भलिबल प्रतियोगिता पनि अायोजना गरिएको खेल संयोजक प्रदिप रास्कोटीले गुल्मी न्युजलाई जानकारी दिएका छन् ।

दजाकोटमा पुर्नःनिर्माणको काम सकियो
पीडा भुल्दै अग्नीपिडित
सागर भण्डारी
गुल्मी,मसिंर २५ ।
दजाकोटकी मानकुमारी पचभैया फेरि त्यो दिन सम्झन चाहान्नीन् । आगलागीबाट उनको घर गोठ र पशुचौपाया सबै जलेर नष्ट भएका थिए । उनले अहिले ऋण धन गरेरै भएपनि चिटिक्क परेको २ तले घर निर्माण गरेकी छिन् । गोठमा पशुचौपाया पनि छन् । अहिले भने आफु खुसी भएको उनी बताउँछिन् । “त्यो दिन सम्झिँदा त अहिले पनि आँखामा आँसु आउँछ”, उनले भनिन्, “जगंलमा आगो लागेपछि गाउँका सबै पुरुषहरु आगो निभाउन उतै लागे आगो वस्तीमा पस्यो हाम्रो त लत्ताकपडा अन्नपात सबै जल्यो ।” ११ दिन सम्म बारीमा त्रिपालमा बस्यौँ, त्यसपछि टहरा बनाएर केही समय बस्यौँ । जाडो महिना दुख त कति पायौँ पायौँ ।
नगरपालिका र विभिन्न व्यक्तिको केही सहयोगबाट घर निर्माण गरेपनि अझै पनि घर निर्माण गर्दा लागेको ऋणले भने बेलाबेला उनलाई पिरोल्छ । त्यो आगलागीको दिन सम्झिँदा सुनमाया मगर अझै पनि भक्कानिन्छन् । बल्लतल्ल ज्यान जोगाउन सफल भएकी उनको सम्पत्ती सबै आगोले डढाईदियो ।
तरपनि सबै भुलेर उनी पुरानै दैनिकीमा फर्किएकी छिन् । उनको पनि घर निर्माण भईसक्यो । कोही नेता आएर भाषण गर्दा र मोबाईलमा पुराना भिडियो हेर्दा त अझै पनि आँखा रसाउँछ उनको । जिन्दगीमा कहिले नसोँचेको कुरा भोग्नुपर्यो साह्रै दुख र पीडा झेलेर घर त बन्यो । अब त केही आशा पलाएको छ उनले भनिन् ।
गुल्मीको मुसिकोट नगरपालिका वडा नं ४ दजाकोटमा २०७३ वैशाख १८ गते लागेको आगोका कारण १ जनाको मृत्यु भएको थियो भने ३ जना घाईते भएका थिए । जंगलमा लागेको आगो बस्तीमा पसेपछि क्षतिग्रस्त ५६ घरहरुको पुन ः निर्माणको काम सकिएको छ । घर पुननिर्माण भएपछि स्थानीय खुसी भएका छन् ।
राहत, उद्धार तथा पुर्न स्थापनाका लागि समिति नै बनाएर काम थालिएको थियो । वडागाउँ अग्नी पीडित राहत संकलन तथा वितरण समितिले दजाकोटका घरहरुको पुननिर्माणका लागि ‘क’, ‘ख’ र ‘ग’ श्रेणीमा विभाजन गरेर काम गरेको थियो । विस्थापितहरु सबैले भुकम्प प्रतिरोधी घर बनाएका छन् । स्थानीय सरकार विभिन्न सघंसंस्था र व्यक्तिहरुको सहयोगमा दजाकोटमा पुर्न निर्माणको काम सकिएको मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले बताए ।
वस्ती पुर्न निर्माणका लािग विभिन्न संघसंस्थाबाट सकंलन भएको साढे ३ करोड र नगरपालिकाले थप एकमुष्ट ५६ लाख रुपैयाँ सहयोग गरेको थियो । उक्त क्षेत्रमा खानेपानी, मोटरबाटो लगायतका अन्य पूर्वाधार निर्माणका काम पनि सकिएकाले अब छिट्टै स्मारक निर्माण गरि पुर्न निर्माण भएको घोषणा गर्ने तैयारी गरिएको मेयर सापकोटाले बताए । थाप्लोमा ऋणको भारी बोकेरै भएपनिदजाकोटका अग्नीपीडितहरुले अबत्यो दिनविस्तारै भुल्दै छन् ।

यो पनि पढ्नुस्

गुल्मीमा सम्पन्न तेस्रो पटकको पुलचोक कपको उपाधि पनि आफ्नो पोल्टामा पार्दै सिद्धबाबाको ह्याट्रिक

टोपलाल अर्यालगुल्मी, १४ साउन । गुल्मीको तम्घासमा संचालन भएको तेस्रो पुलचोक कप फुटवलको उपाधि सिद्धबाबा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D