gulminews logo
शनिबार, २०८१ बैशाख ८

गुल्मी चन्द्रकोट ७ रुपाकोटमा क्रिकेट प्रतियोगिता शुरु

गुल्मी, पुष ९ । गुल्मीको चन्द्रकोट ७ रुपाकोटमा क्रिकेट प्रतियोगिता शुरु भएको छ । बुधवारबाट प्रारम्भ भएको राईज एजुकेशन क्रीकेट कप २०२० मा आयोजक रुपाकोट क्रिकेट टीम ‘C’ ले ज्ञानोदय उ मा बि लाई ५ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको ज्ञानोदय उमाबिको टीमले मध्यम प्रदर्शन गर्दै निर्धारित १२ ओभरको खेलमा ११.१ ओभरमा अल आउट हुँदै ३८ रनको योगफल खडा गरेको थियो ।

ज्ञानोदयको इनिङलाई सस्तैमा समेट्ने क्रममा बलरहरुले कसिलो बलिङ गरेका थिए। ज्ञानोदयका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकको रन हान्न सकेनन् भने जवाफी ब्याटिङमा आएको रुपाकोट ‘C’ ले बिबेक भन्डारीको २० रनको मद्दतमा लक्ष्य पार गरेको थियो।

खेलमा दुइ छक्का र एक चौका सहित १६ बलमा २० रन हान्दै २ विकेट लिएका बिबेक भन्डारीले म्यान अफ् द म्याच अवार्ड हात पारेका थिए।

यो पनि पढ्नुस्

गुल्मीमा सम्पन्न तेस्रो पटकको पुलचोक कपको उपाधि पनि आफ्नो पोल्टामा पार्दै सिद्धबाबाको ह्याट्रिक

टोपलाल अर्यालगुल्मी, १४ साउन । गुल्मीको तम्घासमा संचालन भएको तेस्रो पुलचोक कप फुटवलको उपाधि सिद्धबाबा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D