gulminews logo
मंगलवार, २०८० चैत्र ६

गुल्मीमा सर्वाधिक राशीको मावि स्तरिय फुटवल हुँदै

टोपलाल अर्याल
गुल्मी, १८ फागुन । फोर्टिन स्टार युवा क्लवले गुल्मी जिल्ला भित्रका मावि (कक्षा १०) स्तरिय फुटवल प्रतियोगीताको आयोजना गरेको छ । क्लवले मंगलबार पत्रकार सम्मेलन मार्फत क्लवको १० औ बार्षिक उत्सवको अवसरमा ‘फोर्टिन स्टार फुटवल कप–२०७७’ को बारेमा जानकारी गराएको छ ।
क्लवका अनुसार आगामी चैत ३ देखि ७ गतेसम्म तम्घासको चिदिचौर खेल मैदानमा प्रतियोगीता संचालन हुनेछ ।

मावि र स्थानीय स्तरबाटै फुटवल खेल प्रति रुचि जगाएर राष्ट्रिय खेलाडी उत्पादन गर्ने उदेश्यले क्लवले लिएको छ । खेलमा सफलता र असफलता प्रतिस्प्रर्धाबाट निर्धारण हुन्छ । तर, कम्तिमा खेलाडीलाई जिल्ला स्तरमा अग्रसर र परिचित हुने मौका भएकाले गाउँ–गाउँका बिद्यालयबाट खेलाडी सहभागी गराउन बिद्यालयलाई क्लवका अध्यक्ष बिक्रमसिंह बुढाथोकीले आग्रह गरे । ‘अधिकांश बिद्यालयलाई सहभागी गराउने योजना बनाएका छौ,’उनले भने,‘यो गाउँका बिद्यालयहरुको लागि अवसर पनि हो ।’

प्रतियोगीतामा बिजेता ३५ हजार र उपबिजेतालाई २५ हजार नगदसहित ट्रफि प्राप्त गर्नेछन् । यो मावि स्तरको सर्वाधिक राशी पुरस्कार भएको प्रतियोगीता भएको क्लवका महासचिव नारायण आचार्यले दावी गरे । यस अघि पनि क्लवले ३३ हजार ३ सय ३३ राशीको फुटवल प्रतियोगीता आयोजना गरेको महासचिव आचार्यले जानकारी दिए । त्यस्तै क्लवले बिपन्न बिद्यार्थीलाई न्यानो टोपी वितरण, सरसफाई लगायतका सामाजिक कार्यमा सहयोग गर्दै आएको छ ।

क्लवले ५० हजार मुख्य प्रायोजक र २५ हजार सह–प्रायोजकको लागि २५ हजार मुल्य निर्धारण गरिएको उपाध्यक्ष सुरज पोख्रेलले जानकारी दिए । उनले निश्पक्ष रुपमा आफुहरु खेल क्षेत्रको विकासको निम्ती निरन्तर क्रियाशिल र सामाजिक कार्यमा पनि सक्रिय भएकाले सहयोगको लागि सवैसंग अनुरोध गरे ।

यो पनि पढ्नुस्

गुल्मीमा सम्पन्न तेस्रो पटकको पुलचोक कपको उपाधि पनि आफ्नो पोल्टामा पार्दै सिद्धबाबाको ह्याट्रिक

टोपलाल अर्यालगुल्मी, १४ साउन । गुल्मीको तम्घासमा संचालन भएको तेस्रो पुलचोक कप फुटवलको उपाधि सिद्धबाबा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D