gulminews logo
शुक्रबार, २०८० चैत्र १६

गुल्मीमा सम्पन्न RISE EDUCATION रुपाकोट क्रिकेट कप २०२० आयोजक रूपाकोटलाई, ५० हजार नगद पुरस्कार

गुल्मी, पुष १३ । Rise Education Cricket Cup-2020 को उपाधि आयोजक रुपाकोट क्रिकेट क्लब, गुल्मीले जितेको छ । फेँदी क्रिकेट टीम, मुसिकोट गुल्मीलाई ४ विकेटले पराजित गर्दै आयोजक रुपाकोटले बेसक्याम्प रेस्टुरेन्ट, फिनल्यान्ड ट्रफी उचाल्दै नगद ५० हजार रुपैँया हात पारेको हो ।

९२ रनको लक्ष्य पछ्याउने क्रममा रुपाकोटका सन्दीप क्षेत्रीको ३१ रन महत्वपुर्ण रहेको थियो। १७ बलको सामना गरेका सन्दीपले २ चौका र ३ छक्काको मद्दतमा उक्त स्कोर बनाएका थिए । उनलाई साथ दिदै याम क्षेत्रीले १० बलमा ३ छक्का हान्दै २० रनको अविजित पारी खेले भने लुम्बिनी प्रदेशका क्याप्टेन समेत रहेका कृष्ण कार्कीले अविजित १३ रन बनाए । त्यसैगरी बिमल भन्डारीको ब्याटबाट १२ बलमा २ छक्का सहित १६ रन आएको थियो।

बलिङमा राजु थापाले ४ ओभरमा २३ रन दिदै ३ विकेट लिएका थिए भने मनोज खड्का, सन्देश खड्का र कमल रिजालको नाममा १/१ विकेट रह्यो । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको फेँदीको टीमले निर्धारित १६ ओभरमा ९२ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

फेँदीको लागि अनिस जिसिले २८ बलको सामना गर्दै ३ चौका र ३ छक्काको मद्दतमा ३५ रन बनाएका थिए । त्यसैगरी रमेश बस्नेत र सन्देश खड्काले क्रमशः १४ र १० रन बनाउदा अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्। पहिलो र दोस्रो विकेटको रुपमा सचिन अधिकारी र दीपक कुँवरलाई राजेश रानाले शुन्यमा पेभेलियन फर्काए पछि फेँदी दवाबमा आएको थियो।

रुपाकोटका लागि म्यान अफ द म्याच श्याम खरेल ‘बुमराह’ ले आफ्नो ३ ओभरको स्पेलमा ८ रन दिदै ४ विकेट लिएका थिए।

फेँदी, मुसिकोटको टीममा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने केहि खेलाडी पनि थिए भने रुपाकोट B मा लुम्बिनी प्रदेशबाट खेल्ने खेलाडी पनि सम्मिलित थिए। यो संगै फेँदीले पच्चिस हजार नगद सहित प्रेसिडेन्ट ग्रुप अफ होटल ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ।

त्यसैगरी तेस्रो स्थानको लागि भएको खेलमा सत्यवती गापा क्लब, जुनिया र आयोजक रुपाकोट C बीच प्रतिस्पर्धा भएको थियो। जसमा जुनिया टीमका क्याप्टेन दिपेस सेनको अलराउण्ड प्रदर्शनमा जुनियाले ५ विकेटको जित हासील गरेको छ । उसले पन्ध्र हजार नगद र सिद्दबाबा निर्माण सेवा ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

८३ रनको लक्ष्य पछ्याउने क्रममा दिपेश सेनले १५ बलको सामना गर्दै ६ छक्काको मद्दतमा अविजित ३७ रन बनाएका थिए। पहिलो विकेटको लागि ४० रनको साझेदारी गरेका तुफान रानाले र सुनिल केसिले क्रमशः २७ र १० रन बनाए भने अन्य खेलाडी शुन्य रनमा आउट भएका थिए। खेलमा रुपाकोटको C का बलर अर्जुन पौडेलले एकै ओभरमा ३ विकेट लिएर दबाब दिने कोशिश गरेपनि दिपेस सेनले कप्तानी खेल खेलेका थिए।

त्यस अघि टस जितेर पहिले ब्याटिङ गरेको रुपाकोट C ले बिबेक भन्डारीद्वारा १८ बलमा ४ छक्का सहित बनाएको २९ रन तथा राजेश न्यौपाने र अर्जुन पौडेलको क्रमशः १२ र १४ रनको मद्दतमा ९ विकेट गुमाउदै ८३ रनको लक्ष्य प्रस्तुत गरेको थियो। रुपाकोटलाई सस्तोमा समेट्ने क्रममा दिपेस सेन एक्लैले ५ तथा हिमाल बुढाथोकी तथा तुफान रानाले २/२ विकेट बाडेका थिए।

खेलमा ६ छक्का सहित १५ बलमा ३७ रन हान्दै ३ ओभर बलिङ गरी ४ रन दिएर ५ विकेट लिएका दिपेस सेन म्यान अफ द म्याच भए।

गुल्मी, पाल्पा, अर्घाखाँची, बागलुङ, रुपन्देही, पोखरा तथा दाङका खेलाडी सम्मिलित बिभिन्न २० टीमको सहभागिता रहेको प्रतियोगिता रुपाकोट क्रिकेट क्लबको आयोजनामा रुपाकोट खेल मैदान, रुपाकोट, गुल्मीमा खेलाइएको थियो । क्लब अध्यक्ष प्रज्वल भन्डारीका अनुसार म्यान अफ सिरिज बिबेक भन्डारी भएकाछन भने बेस्ट बलर र ब्याट्स्म्यान क्रमशः बिष्णु कटरिया र सन्दीप क्षेत्री हुँदा इमर्जिङ प्लेयर अवार्ड राजेश न्यौपानेले हात पारेका थिए। विजेताहरुलाई नगद पुरस्कार, मेडल तथा प्रमाणपत्रले सम्मान गरिएको थियो ।

यो पनि पढ्नुस्

गुल्मीमा सम्पन्न तेस्रो पटकको पुलचोक कपको उपाधि पनि आफ्नो पोल्टामा पार्दै सिद्धबाबाको ह्याट्रिक

टोपलाल अर्यालगुल्मी, १४ साउन । गुल्मीको तम्घासमा संचालन भएको तेस्रो पुलचोक कप फुटवलको उपाधि सिद्धबाबा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D