gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

गुल्मीमा विभिन्न बिधाको ब्याडमिन्टन प्रतियोगिता संचालन हुँदै, कुन बिधामा कती पुरस्कार? हेर्नुस्:

सन्तोष महतारा
गुल्मी, ११ पाैष । गुल्मीमा जिल्ला स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता संचालन हुने भएको छ । “स्वस्थ मुटु राम्रो, ब्याडमिन्टन खेल हाम्रो” भन्ने मुख्य नाराका साथ नेपाल ब्याडमिन्टन संघ गुल्मीको आयोजनामा सदरमुकाम तम्घासमा पाैष १६ र १७ गते ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको संघका अध्यक्ष नवराज श्रेष्ठले जानकारी दिए ।

विभिन्न विधामा संचालन हुने ब्याडमिन्टन प्रतियोगितामा समूह दर्ता शुल्क २ हजार रुपैयाँ ताेकिएकाे आयोजकले जनाएको छ । प्रतियोगितामा खुल्ला पुरुष डबल, पुरुष ग्रेड बी, पुरुष ग्रेड सी, खुल्ला पुरुष भेट्रान र खुल्ला पुरुष सुपर भेट्रान प्रतियोगिता संचालन हुने नेपाल ब्याडमिन्टन संघ गुल्मीका उपाध्यक्ष ज्ञान बहादुर भलामीले जानकारी दिए ।

खुल्ला पुरुष डबल प्रतियोगितामा प्रथम पुरस्कार ३५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै द्वितीय पुरस्कार नगद २० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र रहेको आयोजकले जनाएको छ । त्यस्तै तृतीय पुरस्कार १० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र ताेकिएकाे छ ।

त्यस्तै पुरुष ग्रेड बी प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय पुरस्कार क्रमश २० हजार, १५ हजार, ८ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने नेपाल ब्याडमिन्टन संघ गुल्मीले जनाएको छ ।

त्यस्तै पुरुष ग्रेड सी प्रतियोगिता तर्फ प्रथम, द्वितीय, तृतीय पुरस्कार क्रमश १५ हजार, १० हजार, ६ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने ब्याडमिन्टन संघले जनाएको छ ।

त्यस्तै खुल्ला पुरुष भेट्रान प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय पुरस्कार क्रमश २० हजार, १५ हजार, ८ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । यसमा ४५ वर्ष माथिका पुरुष पुरुष सहभागी हुन पाउने छन् ।

त्यस्तै खुल्ला पुरुष सुपर भेट्रान प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय पुरस्कार क्रमश १५ हजार, १० हजार, ६ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने नेपाल ब्याडमिन्टन संघ गुल्मीका अर्का उपाध्यक्ष मनाेज काउछाले जानकारी दिए । यसमा ५५ वर्ष माथिका पुरुष सहभागी हुन पाउने छन् ।

त्यस्तै ब्याडमिन्टन प्रतियोगितामा विभिन्न नियमहरु राखिएको छ । जसमा ब्याडमिन्टन प्रतियोगिता नेपाल ब्याडमिन्टन संघको नियम अनुसार हुने संघका सचिव सुरेश श्रेष्ठले जानकारी दिए । त्यस्तै प्रतियोगितामा खेल अवधिभर रेफ्रिकाे निर्णय अन्तिम निर्णय हुनुका साथै कुनै विवाद आएमा आयोजककाे निर्णय अन्तिम निर्णय हुने सचिव श्रेष्ठले बताए । प्रतियोगितामा Shutte Yonex Mavis 350 खेलाइने आयोजकले जनाएको छ । साथै सेमिफाइनलमा प्रवेश गरेपछि खेलाडीकाे पाेशाक एकैप्रकारकाे हुनुपर्ने छ । त्यस्तै आयोजकले प्रतियोगितामा सहभागी खेलाडीहरुलाई बिहानको खाना र खाजाकाे व्यवस्था गरेको नेपाल ब्याडमिन्टन संघ गुल्मीका निर्वतमान अध्यक्ष महेश काउछाले जानकारी दिए ।

पाैष १५ गते साँझ ५ बजेसम्म समुह दर्ता गर्न मिल्ने यस प्रतियोगिता जिल्ला खेलकुद विकास समितिकाे कभर्डहलमा संचालन हुने छ । प्रतियोगितामा ६ देखि ७ लाखसम्म खर्च हुने अनुमान गरिएको प्रतियोगिताका आर्थिक संयाेजक राजु पाण्डेले जानकारी दिए । अहिलेसम्म ८० प्रतिशत बराबर रकम अभियानद्वारा संकलन भइसकेको छ ।

जिल्ला खेलकुद विकास समिति गुल्मीका अध्यक्ष मनाेज काउछाले नेपाल ब्याडमिन्टन संघले आयोजना गरेको खेलले आफूलाई खुसी लागेको भन्दै आगामी दिनमा पनि खेलकुद विकास समितिकाे तर्फबाट विभिन्न खेलहरु आयोजना हुने बताए ।

ब्याडमिन्टन प्रतियोगिताकाे जानकारीकाे लागि आयोजना गरिएको कार्यक्रममा जिल्ला खेलकुद विकास समिति गुल्मीका कार्यालय प्रमुख डिल्ली बि.क, नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिति गुल्मीका अध्यक्ष टाेपलाल अर्याल, पुर्व अध्यक्ष जर्नादन घिमिरे, पुर्व सचिव तारा भुसाल लगायतका थुप्रै पत्रकारको सहभागिता रहेको थियो ।

यो पनि पढ्नुस्

गुल्मीमा सम्पन्न तेस्रो पटकको पुलचोक कपको उपाधि पनि आफ्नो पोल्टामा पार्दै सिद्धबाबाको ह्याट्रिक

टोपलाल अर्यालगुल्मी, १४ साउन । गुल्मीको तम्घासमा संचालन भएको तेस्रो पुलचोक कप फुटवलको उपाधि सिद्धबाबा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D