gulminews logo
मंगलवार, २०८१ बैशाख ११

गुल्मीमा मावि स्तरीय फुटबल प्रतियोगिताको उपाधी महेन्द्र माविलाई, १०-० गोलको भारी अन्तरले बिजयी

गुल्मी, ८ माघ । सदरमुकाम तम्घासमा सञ्चालित मावि स्तरीय फुटबल प्रतियोगिताको उपाधि तम्घासको महेन्द्र नमुना माविले जितेको छ ।

माघ ४ गते सुरु भएको प्रतियोगिताको सोमबार भएको फाइनल खेलमा तम्घासकै रिडर्स माविलाई १०-० गोलको भारी अन्तरले हराउँदै महेन्द्र माविले उपाधि जितेको हो ।
gulmi sports
प्रतियोगिताको बिजेताले ३० हजार र उपबिजेताले २० हजार रुपैयाँ पाएका छन् । बिजेताहरुलाई सोमबार नै एक समारोहका बीच गुल्मीका प्रमुख जिल्ला अधिकारी गोपाल अर्यालले पुरस्कार प्रदान गरे ।

आउँदो चैतमा हुने तेस्रोे गुल्मी महोत्सवको प्रचार प्रसार गर्ने उद्देश्यले फोर्टिन स्टार युवा क्लबले प्रतियोगिता आयोजना गरेको हो ।

क्लबले सातौं वाषिर्कोत्सवको अवसरमा माध्यमिक तहका विद्यार्थीहरुलाई फुटवल खेलप्रति रुचि जगाउनका लागि पनि प्रतियोगिता सञ्चालन गरिएको अध्यक्ष प्रकाश बुढाथोकीले जानकारी दिए । -अन्लाईनखबर डट कमबाट

यो पनि पढ्नुस्

गुल्मीमा सम्पन्न तेस्रो पटकको पुलचोक कपको उपाधि पनि आफ्नो पोल्टामा पार्दै सिद्धबाबाको ह्याट्रिक

टोपलाल अर्यालगुल्मी, १४ साउन । गुल्मीको तम्घासमा संचालन भएको तेस्रो पुलचोक कप फुटवलको उपाधि सिद्धबाबा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D