gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

गुल्मीमा मावि स्तरिय फुटवल प्रतियोगीता शुरु, बिजेतालाई ३० हजार रुपैँया

टोपलाल अर्याल
गुल्मी, ४ माघ । गुल्मीको सदरमुकाम तम्घासमा मावि स्तरिय फुटवल प्रतियोगीता शुरु भएको छ । ४ माघेबाट ८ गतेसम्म संचालन हुने प्रतियोगीतामा नौ बिद्यालयले सहभागीता जनाएका छन् । आउँदा चैतमा हुने तेस्रोे गुल्मी महोत्सवको प्रचार प्रसार गर्ने उद्देश्यले फोर्टिन स्टार युवा क्लवको आयोजनामा फुटवल प्रतियोगिता आयोजना गरिएको क्लवका अध्यक्ष प्रकाश बुढाथोकीले बताए ।

क्लवले सातौं वार्षिकोत्सवको अवसरमा माध्यमिक तहका विद्यार्थीहरुलाई फुटवल खेलप्रति रुचि जगाउँन र त्यसको संरक्षण तथा संम्बद्र्धन गर्न प्रतियोगिता संचालन गरेको बुढाथोकीले बताए । खेलको बिहिबार प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले उद्घाट गरे ।

आज पहिलो खेल सत्यवती मावि हँसरा र आर्दश बिद्या आश्रम तम्घास बिच भएको थियो । जसमा सत्यवती मावि हँसराले ३–२ गोल अन्तरले आर्दश बिद्या आश्रमलाई पराजित गरेको छ । शुक्रबार पहिलो खेल महेन्द्र नमुना मावि र रेसुंगा मावि, दोस्रो सत्यवति मावि र रिर्डश बोर्डिङ्ग स्कुलबिच प्रतिस्प्रर्धा हुने क्लवमा उपाध्यक्ष नारायण आचार्यले बताए । प्रतियोगीताका लागि गण्डकी इंग्लिस बोर्डिङ्ग स्कुल, अर्जुन आवासिय मावि, महेन्द्र मावि, सिद्धबाबा मावि, सत्यवती मावि, रिर्डश बोर्डिङ्ग स्कुल, ब्रिलियण्ट युनाइटेड एकेडेमी, आर्दश बिद्या आश्रम र रेसुंगा माविले समुह दर्ता गराएका छन् । प्रतियोगितामा बिजेताले ३० हजार र उपबिजेताले २० हजार नगद सहित टर्फि र प्रमाणपत्र प्राप्त गर्ने क्लवले जनाएको छ ।

यो पनि पढ्नुस्

गुल्मीमा सम्पन्न तेस्रो पटकको पुलचोक कपको उपाधि पनि आफ्नो पोल्टामा पार्दै सिद्धबाबाको ह्याट्रिक

टोपलाल अर्यालगुल्मी, १४ साउन । गुल्मीको तम्घासमा संचालन भएको तेस्रो पुलचोक कप फुटवलको उपाधि सिद्धबाबा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D