gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

गुल्मीमा मदन भण्डारी स्पोर्टस एकेडेमी गठन

प्रेम सुनार
गुल्मी, माघ १७ । नेकपा एमालेका नेता स्वर्गिय मदन भण्डारीका नाममा आज स्पोर्टस एकेडेमी सञ्चालन कमिटी गठन गरिएको छ ।

नेकपा एमालेको पार्टी कार्यालयमा आज वसेको मदन भण्डारी स्पोर्टस एकेडेमीको प्रथम भेलाले जिल्लाका वरिष्ठ खेलाडी ओशन काउछाका नामले परिचित टेकबहादुर काउछाको नेतृत्वमा ३३ सदस्यी कमिटी गठन गरिएको हो । उक्त एकेडेमीका केन्द्रिय अध्यक्ष तथा ५ नम्वर प्रदेश ईञ्चार्ज ध्रुव आचार्यको प्रमुख आथित्यतामा गुल्मी जिल्ला कमिटी गठन गरिएको थियो । प्रमुख अतिथी आचार्यले मदन भण्डारी स्पोर्टस एकेडेमीको उद्देश्यवारे प्रकाश पार्दैं प्रशिक्षण मुलक मन्तब्य राखेका थिए ।
madan bhandari sports academy
त्यस्तै नेकपा एमालेका जिल्ला सदस्य हिमाल श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्ण भण्डारी, राष्ट्रिय युवा परिषदका जिल्ला अध्यक्ष राजेन्द्रविक्रम कुँवर, एकेडेमी ५ नम्वर प्रदेश सदस्य राजेन्द्र प्रसाद श्रेष्ठ लगायतले स्वर्गिय मदन भण्डारीको राजनैतिक संघर्ष वारे प्रकाश पारेका थिए ।

एकेडेमीका ५ नम्वर प्रदेश प्रदेश कमिटी अध्यक्ष नरबहादुर घर्तिको अध्यक्षतामा बसेको प्रथम भेलामा कमिटीको प्रदेश कोषाध्यक्ष मिनप्रसाल पोखरेलले धन्यवाद मन्तव्य राखेका थिए भने प्रदेश सदस्य मनोज काउछाको स्वागत मन्तव्य र प्रदेश सचिव मेघराज भट्टराईले कार्यक्रम सञ्चालन गरेका थिए ।

यो पनि पढ्नुस्

गुल्मीमा सम्पन्न तेस्रो पटकको पुलचोक कपको उपाधि पनि आफ्नो पोल्टामा पार्दै सिद्धबाबाको ह्याट्रिक

टोपलाल अर्यालगुल्मी, १४ साउन । गुल्मीको तम्घासमा संचालन भएको तेस्रो पुलचोक कप फुटवलको उपाधि सिद्धबाबा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D