gulminews logo
बिहीबार, २०८१ बैशाख १३

गुल्मीमा ब्याडमिन्टन प्रतियोगिता हुँदै, ए ग्रेडको बिजेतालाई ३० हजार रुपैँया पुरस्कार

गुल्मी, पुष २६ । गुल्मीको रुरुक्षेत्र बलेटक्सारमा खुल्ला ब्याडमिन्टन प्रतियोगिताको आयोजना हुने भएको छ । बलेटक्सार ब्याडमिन्टन क्लबको आयोजनामा हुने प्रतियोगिता माघ २ गतेबाट सुरु हुनेछ ।

बलेटक्सार ब्याडमिन्टन कभर्डहलमा हुने प्रतियोगिता ‘ए’ ग्रेड, ‘बी’ ग्रेड र भेट्रान विधामा प्रतिस्पर्धा हुनेछ ।’ए’ ग्रेडको विजेताले ३० हजार, उपविजेताले २० हजार, तेस्रोले १० र सान्त्वनाले ५ हजार प्राप्त गर्ने छन् ।

‘बी’ ग्रेडको विजेताले २० हजार, उपविजेताले १५ हजार, तेस्रोले ७ हजार र सान्त्वनाले ३५ सय प्राप्त गर्ने छन् । ४५ वर्षमाथि भेट्रानको विजेताले ५ हजार, दोस्रोले ३ हजार र तेस्रोले २ हजार पाउने छन् ।

यस्तै प्रतियोगितामा सहभागी खेलाडी मध्ये एक उत्कृष्ट खेलाडीले २५ सय प्राप्त गर्दा एक अनुशासित खेलाडीले २ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यो पनि पढ्नुस्

गुल्मीमा सम्पन्न तेस्रो पटकको पुलचोक कपको उपाधि पनि आफ्नो पोल्टामा पार्दै सिद्धबाबाको ह्याट्रिक

टोपलाल अर्यालगुल्मी, १४ साउन । गुल्मीको तम्घासमा संचालन भएको तेस्रो पुलचोक कप फुटवलको उपाधि सिद्धबाबा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D