gulminews logo
शुक्रबार, २०८१ बैशाख २१

गुल्मीमा पुल्चोक टी २० क्रिकेट प्रतियोगीता सम्पन्न, सगरमाथा रोयल्सलाई हराउँदै इडिफाई मिलनचोकद्वारा उपाधी कब्जा

अजय खड्का
गुल्मी, माघ ४ । गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा बिहीबार देखी संचालन भएको पुल्चोक टी २० क्रिकेट प्रतियोगीता आइतबार सम्पन्न भएको छ ।
आइतबार सम्पन्न प्रतियोगीतमा सगरमाथा रोयललाई ६ विकेटले पराजित गदै इडिफाई मिलनचोक बिजयी भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा न ८ तम्घासमा रहेको पुलचोक युवा क्लबले जिल्लाको चिदिचौर मैदानमा क्रिकेट प्रतियोगीता संचालन गरेको थियो । आइतबार भएको अन्तिम खेलमा सगरमाथा रोयल र इडिफाई मिलनचोक बिच प्रतिस्पर्धा भएको थियो ।

खेलमा टस जितेर ब्याटिंग रोजेको सगरमाथा रोयल्सले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय १ रन बनाउदै इडिफाई मिलनचोक सामु १ सय २ रनको लक्ष्य प्रस्तुत गरेको गरेको थियो । सोहि लक्ष्य पछ्याउदै इडिफाई मिलनचोकले १६.३ ओभरमा ४ विकेटको क्षतिमा १ सय ५ रन बनाउदै जित हाँसिल गरेको हो ।

इडिफाई मिलनचोकको ब्याटिंगमा अमृत कुवँरले सर्वाधिक ४७ रन, लक्ष्मण घिमिरेले १४ रन, आशिष पन्थीले १० रन, सुसन्देश पुनले ९ रन र तस्मील अलीले १ रन बनाएका थिए ।
उक्त खेलमा इडिफाई मिलनचोक टिमका अमृत कुवर म्यान अफ् दि म्याच घोषित हुनुुभएको थियो । यस्तै बेष्ट ब्याट्समेन सोहि टिमका सुसन्देश पुन र बेष्ट बलर सोहि टिमका हिमाल बोमरेल भएका थिए ।

बिजेता टिमलाई उक्त क्रिकेट प्रतियोगिताका प्रमुख अतिथि जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डिल्ली विश्वकर्माले पुरस्कार वितरण गर्नुभएको थियो । प्रथम हुने टिमले नगद रु २० हजार शिल मेडल र प्रमाण पत्र पाएका छन् । लिग रोबिनको आधार भएको खेलमा ४ टिमको सहभागीता रहेको थियो

यो पनि पढ्नुस्

गुल्मीमा सम्पन्न तेस्रो पटकको पुलचोक कपको उपाधि पनि आफ्नो पोल्टामा पार्दै सिद्धबाबाको ह्याट्रिक

टोपलाल अर्यालगुल्मी, १४ साउन । गुल्मीको तम्घासमा संचालन भएको तेस्रो पुलचोक कप फुटवलको उपाधि सिद्धबाबा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D