gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

गुल्मीमा डेढ लाख रुपैँया पुरस्कार राशीको भलिवल हुँदै, दोस्रो हुनेलाई १ लाख रुपैँया

अनिश शर्मा गैरे
गुल्मी, २१ मंसिर । आउने माघ १५ देखी २६ सम्म आयोजना गरिएको मुसिकोट महोत्सव सफल बनाउन आयोजक टोली खटिएका छन् ।

‘गुल्मी मुसिकोटको समृद्धिको आधार कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने मुल नारा सहित प्रथम गुल्मी मुसिकोट पर्यटन, सांस्कृतिक, औद्योगिक एवं व्यापार मेला आउने माघमा १२ दिन सम्म सञ्चालन हुन लागेको हो ।

डेढ लाख पुरस्कार राशीको भलिवल

महोत्सबको मुख्य आकर्षणको रुपमा डेढ लाख रुपैया प्रथम पुरस्कार राशीको भलिवल प्रतियोगीता राखीने भएको छ । १ लाख ५१ हजार रुपैया प्रथम पुरस्कार तथा १ लाख १ हजार द्धितिय पुरस्कार रहने गरी खुल्ला भलिवल राखीएको हो । यस क्षेत्रमै पहिलो पटक सो पुरस्कार राशीको भलिवल प्रतियोगीता हुन लागेको हो । हालै सम्पन्न भएको गल्कोट घुम्टे महोत्सवमा १ लाख २५ हजार राशीको भलिवल भएको थियो भने ग्वालीचौरको न्वागी मेलामा १ लाख २ हजारको भलिवल भएको थियो । त्यसैगरी नगर स्तरीय १० कक्षा सम्मको कबड्डी प्रतियोगीता हुने भएको छ । जसको प्रथम पुरस्कार १५ हजार र द्धितिय पुरस्कार १० हजार रहने भएको छ ।

त्यसेगरी लोक दोहोरी प्रतियोगीता राख्ने् टुँगो लागेको छ । महोत्सबलाइ थप रोचक बनाउन अन्य कार्यक्रमहरु पनि राखीने छ । महोत्सब सुसम्पन्न गर्नको निम्ती शनिवार उद्योग वाणिज्य संघ तथा नगरपालिकाका केह वडाध्यक्षहरुको बैठक बसी मुल समिति सहित अन्य २२ उपसमितिहरु गठन गरिएको छ । सुदर्शन शाक्यको अध्यक्षतामा मुल आयोजक समिति, तथा बेग प्रसाद शाक्य् संयोजक रहेको आर्थिक उपसमिति, ज्ञानहरी सापकोटाको संयोजकत्वमा सुचना तथा प्रचार–प्रसार उपसमिति, दिनेश खातीको संयोजकत्वमा अतिथि सत्कार उपसमिति, चुरामणी सापकोटाको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति, लक्ष्मण फुल्लेलको संंयोजकत्वमा खानेपानी तथा सरसफाइ उपसमिति गठन गरिएको छ ।

त्यसैगरी टोपनारायण शाक्य संयोजक रहने गरी विद्युत व्यवस्थापन उपसमिति, सन्तोष शाक्य संयोजक रहने गरी स्वंयसेवक परिचालन उपसमिति, मेघ प्रसाद श्रेष्ठ संयोजक रहने गरी शान्ती सुरक्षा उपसमिति, महेश्वर घिमिरे संयोजक रहने गरी समन्वय तथा सम्पर्क उपसमिति, गठन गरिएको छ । सुन्दर प्रधानको संयोजकत्वमा स्टल व्यवस्थापन उपसमिति, ज्ञानहरी सापकोटा संयोजक रहने गरी सांस्कृतिक तथा कलाकार व्यवस्थापन उपसमिति, मेहनलाल श्रेष्ठ प्रमुख रहने गरी खेलकुद उपसमिति, मोहन घिमिरेकोसंयोजकत्वमा कृषि, पशु तथा उद्योग उपसमिति, रुपकलाल श्रेष्ठको संयोजकत्वमा यातायात व्यवस्थापन उपसमिति, हरिहर सापकोटाको संयोजकत्वमा शोभायात्रा उपसमिति, तेजेन्द्र जिसीको संयोजकत्वमा संस्कृति, कला तथा झाँकी व्यवस्थापन उपसमिति, हरि शर्मा संयोजक रहने गरी स्वास्थ्य उपसमिति, कल्पना घिमिरे संयोजक रहने गरी मातृशक्ति परिचालन उपसमिति, सर्मिष्ठा शाक्य संयोजक रहने गरी माला व्याच व्यवस्थापन उपसमिति, गोपीकृष्ण खरेल संयोजक रहने गरी लेखा उपसमिति गठन गरिएको छ । विदेश सम्पर्क उपसमितिको संयोजक भने केही दिनमा चयन गरिने छ ।

अफिशियल युटुव पार्टनरमा पौडेल डिजिटल स्टुडियोका रविलाल पौडेल र फेमश फोटो स्टुडियोका सुमन कक्षपति, अफिशियल रेडियोमा सामुदायिक रेडियो पुष्पाञ्जली ९७.४ मेगाहर्ज र अफिशियल वेभसाइटमा पुष्पाञ्जली अनलाइन लाइ राखीएको छ । महोत्सबमा आउने अतिथिहरुको पनि टुँगो लगाइदै छ । नगरपालिका सहआयोजक रहने गरी आयोजित महोत्सबको बिषयमा छलफलल गर्न नगरपालिकाका नगरप्रमुख, उपप्रमुख सहित वडाध्यक्षहरुको बैठक आयोजना गरिएको भएपनि अन्य व्यस्तताका कारण उहाँहरुको उपस्थिती भने हुन सकेन ।

सो अवसरमा वामी सेवा समिति जापानका सल्लाहकार रामलाल सापकोटाको बिशेष आतिथ्यता रहेको थियो । महोत्सवमा विभिन्न औद्योगिक क्षेत्रबाट उत्पादित सामग्रीसँगै नगरपालिका भित्र रहेका सम्पुर्ण पर्यटकीय स्थलहरु वामीको शालीमे दह, ताराखसे, बुद्धविहार, कुर्घाको मालिका मन्दिर र स्वाँरा होमस्टे, पौदीअमराइको छत्रभुमी मन्दिर, सीता गुफा, तिखेचुली, मुसिकोटको मुसिकोट दरवार आदि पर्यटकीय क्षेत्रको प्रचार प्रसारको लक्ष्य राखीएका वाणिज्य संघका अध्यक्ष सुदर्शन शाक्यले बताए ।

त्यसैगरी नगरपालिका भित्र नाँचीने नेवार समुदायको परम्परागत झाँकी, मालारानीका मगरहरुको भैलो, सराँय नाँच, सोरठी आदि संस्कृतिको संरक्षण, झिनिया रोट लगायत विभिन्न जातजातीका खानाका परिकार आदिको प्रचार प्रसार गरी प्रबद्र्धन गर्ने लक्ष्य राख्दै महोत्सव आयोजना गर्न लागीएको संघका सदस्य ज्ञानहरी सापकोटाको भनाइ छ ।

महोत्सवमा कफीको जननी आँपचौरमा उत्पादन हुने कफी, अर्लाङ्कोटको सुन्तला, तरकारी, मालारानीको माहुरी लगायत अरू कृषिजन्य सामग्रीहरुको प्रदर्शनी हुने छ । महोत्सवमा १५० स्टल राख्ने तयारी गरिएको छ ।

यो पनि पढ्नुस्

गुल्मीमा सम्पन्न तेस्रो पटकको पुलचोक कपको उपाधि पनि आफ्नो पोल्टामा पार्दै सिद्धबाबाको ह्याट्रिक

टोपलाल अर्यालगुल्मी, १४ साउन । गुल्मीको तम्घासमा संचालन भएको तेस्रो पुलचोक कप फुटवलको उपाधि सिद्धबाबा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D